• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

युक्रेनमा रहेको निप्रो नदीको बाँध फुट्यो, ८० हजार मानिस विस्थापित

काठमाडौं । युक्रेनको दक्षिणी खेर्सोन प्रान्तमा रहेको निप्रो नदीको बाँध बमबारीपछि फुटेको छ।रुसले कब्जा गरेको उक्त क्षेत्रको बाँध भत्किएपछि ८० हजार मानिस विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। बाँकी १६ हजार मानिस अझै त्यहीँ फसेका छन्। 

धेरै गाउँहरूमा बाँध फुटेपछि बाढी पसेको छ, गाउँहरू पानीमा डुबेका छन्। मानिसहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

युक्रेनी अधिकारीहरूले रुसले बाँध भत्काएको आरोप लगाएका छन्, तर रुसले भने यस घटनामा युक्रेन स्वयं जिम्मेवार भएको जवाफ दिएको छ।


युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले हमलाको दोष रुसलाई दिँदै यो आक्रमण युद्ध अपराध जत्तिकै गम्भीर भएको बताएका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर