सात देशको पाठ्य पुस्तकमा बुद्ध जन्मस्थल बारेको गल्ती सच्याउन पहल

काठमाडौं । साउथ अफ्रिकाका लागि नेपाली राजदूत दान बहादुर तामाङले लुम्बिनी–कपिलवस्तु विश्व अभियानले सात देशको पाठ्य पुस्तकमा बुद्ध जन्मस्थल बिषयक गलत जानकारी सच्याउन पहल गर्ने बताएका छन् ।
ती देशको प्रजातन्त्रको सबलिकरण, मानब अधिकार हनन् प्रतिरक्षा र विस्व शान्ति अभियान सशक्तिकरणका खातिर सच्याउन ती देशका रास्ट्रपति र प्रधानमन्त्रीलाई सम्बोधन गरी पत्र लेखिएको छ ।
अनुसन्धानात्मक प्रतिबेदनको प्रसंशा गर्दै आफूलाई हस्तान्तरण गरिएको प्रतिबेदन महत्वपूर्ण उदेश्य प्राप्तीका खातिर सम्बन्धित देशका राजदूतहरु मार्फत अगाडि बढाइने तामाङले बताए ।
लुम्बिनी–कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले साउथ अफ्रिकाका लागि नेपाली दूताबासको कार्यालयमा आयोजित कार्यक्रममा अभियानले गरेका कामहरु र उपलब्धीहरुका फेहरिस्त पेश गरेका थिए ।
अभियानको सातौं बार्षिकी मनाइएको कार्यक्रममा अमेरिकी रास्ट्रपति बाराक ओबामा, चिनिया रास्ट्रपति सी चिनफिङ, भारती प्रधानमन्त्री नरेन्द्र मोदी, जापानी प्रधानमन्त्री शिन्जो अबे, श्री लंकाका रास्ट्रपति मैथ्रिपाला सिरिसेना, थाइ प्रधानमन्त्री प्रायुत चान–ओ–चा र नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटलाई सम्बोधन गरी ती देशका पाठ्य पुस्तकमा बुद्धको जन्मस्थल बिषयमा भएको गलत जानकारी सच्याउन आग्रह गरी छुट्टाछुट्टै पत्र तयार पारिएको छ ।
लामो अनुसन्धानात्मक प्रतिबेदन कार्यक्रमका प्रमुख अतिथि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अभियानका तर्फबाट हस्तान्तरण गरेपस्चात सोही प्रतिबेदनका आधारमा नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सम्बन्धित देशलाइ पत्राचार गर्न गरेको निर्णयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत ती सात देशमा पत्राचार गरेको छ ।
प्रतिकृया दिनुहोस