अन्ततः मेसी अमेरिकी क्लब इन्टर मियामी जाने

काठमाडौं । विश्व नम्बर एक फुटबलर अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी पहिलो पटक युरोप बाहेकको क्लबमा अनुबन्ध हुने भएका छन् । आफ्नो करिअरमा सवै उपाधि जितेका सफल फुटबल मेसी खेल जिवनको उत्तरार्धमा अमेरिकी क्लबबाट खेल्न लागेको बीबीसीले उल्लेख गरेको छ ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका फरवार्ड मेस्सीले मियामीसँग मौखिक सहमति गरेको बीबीसीले जनाएको छ ।
मेस्सीले यस सिजनको अन्त्यसँगै पीएसजी छाडेका हुन् । उनले पिएसजी छोडेसँगै सामाजिक सन्जालमा पिएसजी अनफलो गर्नेहरुको लहरनै चलेको छ ।
अर्जेन्टिनाका कप्तान मेस्सीले २०२१ मा स्पेनिस बार्सिलोना छोडेर पीएसजीसँग दुई वर्षको सम्झौता गरेका थिए ।
मेस्सीले पीएसजीका लागि सबै प्रतियोगितामा ७४ खेलमा ३२ गोल गरेका थिए । उनी लिग वानको सफल खेलाडीका रुपमा गनिएका थिए ।
विश्वकप विजेता मेस्सीले हालै बार्सिलोना र साउदी अरेबियाको अल हिलालको प्रस्ताव अस्विकार गरेका थिए ।
अल हिलालले उनलाई करोडौंको अफर गरेको थियो भने बार्सिलोनाका आफ्ना पुराना टिममेट जाभी हर्नान्डेजले पनि उनलाई बार्सा फर्काउन चाहेका थिए ।
३५ वर्षीले मेसीले विश्व वर्ष खेलाडीको उपाधि सर्वाधिक ७ पटक जितेका छन् । गत वर्ष विश्वकप समेत जितेपछि उनले सो उपाधि आठौं पटक जित्ने कतिपयको अनुमान छ ।
मेसी एक सिजन युरोपेली फुटबलमै रामाउन चाहन्थे । तर उपयुक्त प्रस्ताव नआएपछि अल हिलाल वा मियामी मध्ये एक रोज्नुपर्ने अवस्थामा पुगेको बताईएको छ ।
Messi has decided. His destination: Inter Miami
— Guillem Balague (@GuillemBalague) June 7, 2023
Leo Messi se va al Inter Miami
मियामीमा मेसीले यस अघि नै घर समेत किनिसकेको र हाल भाडामा लगाईएको बताईएको छ । साउदी क्लबले धेरै पैसा दिने अफर गरेपनि मेसीले ठूला ब्राण्डहरु एडिडास, एप्पलसँगको सहकार्यका कारण दिर्घकालिन फाइदा हेरेर अमेरिका गएको बीबीसीको दावी छ ।
प्रतिकृया दिनुहोस