• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

वेस्ट हामले पायो ४३ वर्षपछि युरोपा कन्फरेन्स लिगको उपाधि

काठमाडौं । इङ्लिस क्लब वेस्ट हामले युरोपा कन्फरेन्स लिगको उपाधि जितेको छ । वेस्ट हामले बुधबार राति खेलिएको फाइनल खेलमा इटालियन क्लब फियोरेन्टिनालाई २—१ गोलले हराउँदै युरोपा कन्फरेन्स लिगको उपाधि चुमेको हो ।

वेस्ट हामले ४३ वर्षपछि कुनै पनि ठुलो प्रतियोगिताको उपाधि हात पारेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६२औं मिनेटमा वेस्ट हामका लागि साइद बनेराहमाले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।

त्यसलगत्तै ६७औं मिनेटमा फियोरेन्टिनाका जियाकोमो बेनाभेन्तुराले जवाफी गोल फर्काएका थिए । खेलको अन्तिम समयमा वेस्ट हामका बोवेनले निर्णायक गोल गर्दै आफ्नो टोलीलाई महत्वपूर्ण उपाधि चुमाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर