• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

मेसी आबद्ध हुने भएपछि आश्चर्यजनक रुपमा बढ्यो मियामीको ‘फ्यान फलोअर’ 

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेसीलाई आबद्ध गर्ने निर्णय सार्वजनिक भएसँगै अमेरिकी क्लब इन्टर मियामीको ‘फ्यान फलोअर’ आश्चर्यजनक रुपमा बढेको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेका ३५ वर्षीय मेसीले यसै साता अमेरिकी क्लब मियामी जाने निर्णय लिएका हुन् ।

मेसी आबद्ध हुने समाचार सार्वजनिक भएको केवल २४ घन्टाको अवधिमा मेजर लिग सकर क्लब इन्टर मियामीको इन्स्टाग्राममा ४० लाखभन्दा बढी ‘फ्यान फलोअर’ थपिएका छन् । फ्रन्ट अफिस स्पोर्टसका अनुसार, यसअघि इन्स्टाग्राममा क्लबको ‘फ्यान फलोअर’ १० लाख थियो ।

मेसी आबद्ध हुने समाचार सार्वजनिक भएको २४ घन्टाभित्र इन्स्टाग्राममा क्लबको ‘फ्यान फलोअर’ बढेर ५० लाख पुगेको छ । इन्स्टाग्राममा इन्टर मियामीको ‘फ्यान फलोअर’ सँख्याले नेशनल फुटबल लिग र मेजर लिग बेसबल लिगमा आबद्ध सबै क्लबलाई उछिनेको छ ।

मेसीको आबद्ध हुने समाचारपछि नेशनल हकी लिग र मेजर सकर लिगमै आबद्ध अन्य क्लबभन्दा पनि ‘फ्यान फलोअर’ मा इन्टर मियामी अगाडि बढेको छ । यसका अतिरिक्त इन्टर मियामीको ट्वीटरमा पनि ‘फलोअर’ को सँख्यामा उल्लेख्य बृद्धि भएको छ ।

मेसी आबद्ध हुने समाचार आउनुअघि ट्वीटरमा इन्टर मियामीको ‘फलोअर’ एक लाख ७६ हजार थिए । अहिले त्यो सँख्या बढेर चार लाख पुगेको छ । यद्दपि, समकालीन विश्व फुटबलका महान खेलाडी मेसीले अझै इन्टर मियामीसँग सम्झौता गरिसकेका छैनन् ।

मेसीले मियामीसँग मौखिक सहमति गरेको समाचारमा जनाइएको छ । अर्जेन्टिनी राष्ट्रिय टोलीका कप्तानसमेत रहेका मेसीले सन् २०२१ मा पीएसजीसँग दुई वर्षका लागि सम्झौता गरेका थिए । पीएसजीसँग मेसीको सम्झौता यसै सिजन सकिएको हो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर