• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

२०औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा प्रचण्ड (फोटोफिचार) 

काठमाडौं । दोरम्बा हत्याकाण्ड तत्कालिन जनयुद्ध कालकै एउटा नृशंस र कहालिलाग्दो हत्याकाण्ड थियो । तत्कालिन बिद्रोही माओवादीका विरुद्ध चालेको अभियानका क्रममा राज्यपक्षबाट माओवादी नेता कार्यकर्तालाई गिरफ्तार गरेर लाईनमा राखेर गोली हानि हत्या गरिएको घटना चौतर्फी आलोचना भएको घटनामध्य एक थियो । 

०६० साल साउन ३२ गते तत्कालीन सरकारी वार्ता टोली र माओवादी वार्ता टोलीबीच दाङको हापुरेमा शान्ति वार्ता चलिरहेका बेला २१ जना माओवादी नेता कार्यकर्ताको सामुहिक हत्या भएको थियो ।

आज प्रधानमन्त्री तथा तत्कालिन जनयुद्धको नेतृत्व गरेका माओवादी अध्यक्ष घटनास्थल पुगेका छन् । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका माओवादीले आयोजना गरेको दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रदाञ्जली सभा कार्यक्रमलाई सम्बोधन   गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यहँ पुगेका हुन् ।

फोटो– प्रदीप राज वन्त

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर