• २०८० असोज ७ आइतबार
  • Sunday, 24 September, 2023

एसिया कप फाइनल प्रिभ्यू: कस्तो हुन्छ भारत–श्रीलंका भिडन्त ?

काठमाडौं । वर्षा प्रभावित एसिया कपको १६ औं संस्करण अन्त्य तिर आइपुगेको छ । एसिया कप कस्ले जित्न ? त्यसको छिनोफानो आज आईतबार हुने फाइनलले लगाउनेछ । उपाधिका लागि भिड्दैछ भारत र श्रीलङका । दुवै टिमका लागि यो प्रतियोगिताको उपाधि महत्वपुर्ण छ ।  

आगामी अक्टोबर ५ देखी भारतमा ओडिआइ विश्वकप सुरु हुदैछ । एसिया कप च्याम्पियन बनेर श्रीलङका विश्वकपको पनि उपाधि दावेदारका रुपमा आफुलाई प्रस्तुत गर्न चाहन्छ । भारतले सन २०१८ मा एसिया कप जिते यता र्दुइ भन्दा बढी टिम सहभागी भएको प्रतियोगिता जित्न सकेको छैन् । उसका लागि फेरी मल्टि टिम ट्रफी जित्दाको अनुभव लिने यो सुनौलो अवसर हो । 

फाइनलमा भारत फेभरेट  र श्रीलङका अन्डरडग हो । घरेलु टोली श्रीलङका गत साता भारत माथि जित नजिक पुगेको थियो । जारी प्रतियोगिताको सुपर फोरमा यी दुइ टिम आमने सामने भएका थिए । 

टस जितेर ब्याटिङ गरेको भारतलाई श्रीलङकन स्पिनरले ४९ दशमलब १ ओभरमा २ सय १२ रनमा अल आउट गरेका थिए । तर जवाफमा श्रीलङकाको माथिल्लो क्रम चल्न नसक्दा ४१ ओभर ३ वलमा १ सय ७२ रनमानै  समेटिन पुग्यो । यहि खेलको नतिजा आफ्नो पक्षमा पार्दै भारतले फाइनलमा स्थान सुुरक्षित गरेको थियो । 

सुपर फोरको अन्तिम खेलमा जारी एसिया कपको  सह आयोजक तथा उपाधि दावेदार पाकिस्तानलाई पछि पार्दै श्रीलङकाले फाइनलमा स्थान बनाएको हो । वर्षा प्रभावित खेलमा श्रीलङकाले पाकिस्तान माथि २ विकेटको रोमान्चक जित हात पारेको थियो । श्रीलङकालाई प्रतियोगिता सुरु हुनु पूर्व उपाधि दावेदार टिमका रुपमा हेरिएको थिएन् । प्रतियोगिता पुर्व टिमका मुख्य खेलाडी चोटग्रस्त भएपछि श्रीलङकालाई झड्का लागेको थियो । 

गत वर्ष टि ट्वान्टी फरम्याटमा भएको प्रतियोगिता जितेको श्रीलङकाले दुश्मान्था चामिरा र वानिन्डु हसरंगालाई चोटका कारण गुमाएको थियो । तर युवा टोलीले टिमलाई उपाधि नजिक पुर्याएका छन् । कुशल मेन्डिस र चारिथ असालान्काले म्याच विनिङ इनिङस खेलिरहेका छन् । जारी प्रतियोगितामा उच्च रन बनाउनेमा मेन्डिस दोस्रो स्थानमा छन् । उनले ५ खेलमा २ सय ५३ रन जोडेका छन् । तेस्रो स्थानमा पनि श्रीलङकाकै सादिरा समराविक्रमा छन् । उनले २ सय १५ रन बनाएका छन् । 

तीव्र गतिका बलर माथिसा पाथिराना र लेफ्ट आर्म स्पिनर दुनिथ वेलालागेले शानदार प्रदर्शन गरिरहेका छन् । उच्च विकेट लिने खेलाडीको सूचीमा यीनै दुई खेलाडी छन् । शीर्ष स्थानमा रहेका पाथिरानाले ११ र वेलालागेले १० विकेट हात पारेका छन् । सुपर फोरमा वेलालागेले भारतका रोहित शर्मा, विराट कोहली, हार्दिक पान्डया सहित पांच ब्याटरलाइ पवेलियन पठाएर सनसनी मच्चाएका थिए ।   

शनिबार भएको प्रि म्याच कन्फरेन्समा बोल्दै कप्तान दासुन सानाकाले आफ्नो युवा टोलीको प्रदर्शनको प्रशंसा गरे । 

यता भारतले सुपर फोरको अन्तिम खेलमा बंगलादेशसँग ६ रनको हार बेहोर्यो । यो खेलमा प्रशिक्षक राहुल दव्रिडले ५ खेलाडी परिवर्तन गरेका थिए । विराट कोहली, हार्दिक पान्डेया, जस्प्रित बुमहार, कुलदिप यादव र मोहम्मद सिराजले आराम पाएका थिए । बंगलादेशले ओडिआइमा भारत माथि एघार वर्ष पछि जीत हात पारेको हो । 

तर रोहित शर्माको टिम  श्रीलङका विरुद्ध पहिलो रोजाइका खेलाडी सहित वलियो रुपमा प्रस्तुत हुने निश्चित छ । ओपनर शुभ्मन गिल यो प्रतियोगितामा २ सय ७५ रन सहित उच्च रन बनाउने खेलाडीको सुचीको पहिलो स्थानमा छन् । उनले एक शतक र दुइ अर्ध शतक प्रहार गरेका छन् । रोहित, विराट कोहली , इसान किशन , के एल राहुल पनि फर्ममानै छन् । बुमराह र कुलपिदले बलिङ मार्फत टिमलाई सहयोग गरिरहेका छन् । 

भारत र श्रीलङकाले एक आपसमा  ११ एसिया कपको उपाधि बाडेका छन् । भारत एसिया कपको सर्वाधिक ७ पटकको  च्याम्पियन हो । श्रीलङकाले ६ पटक जितेको छ । भारतका लागि किर्तिमान बढाउने र श्रीलङकाका लागि किर्तिमानी बराबरी गर्ने अवसर छ ।  

फाइनल अघि दुवै टिमलाई खेलाडीको चोटले सताएको छ । श्रीलङकाका स्पिनर माहिस थिक्साना र भारतका अल राउन्डर अक्सर पटेलले चोटका कारण फाइनल गुमाउनेछन् । 

यी दुइ बीच ओडिआईमा अहिले सम्म कुल १ सय ६६ पटक प्रतिस्पर्धा भएको छ । जसमा भारतले ९७ र श्रीलङकाले ५७  खेल जितेको छ । ११ खेल नतिजा विहिन रह्यो । 

कोलम्बोमा आइतबार वर्षा हुने संभावना उच्च छ ।  यदि आज वर्षाले खेल हुन नसके सोमबार रिजर्भ डे मा खेलाइनेछ । आर प्रेमादासा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउसो सवा ३ बजे सुरु हुनेछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर