• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

एसिया कपः श्रीलंकाको सर्मनाक हार, भारतले उचाल्यो उपाधि

काठमाडौं । एसिया कप क्रिकेट २०२३ को उपाधि भारतले उचालेको  छ। आइतबार कोलम्बोमा भएको फाइनल भिडन्तमा घरेलु टिम श्रीलंकालाई १० विकेटले सर्मनाक हार चखाउँदै भारत आठौं पटक एसिया कपको उपाधि उचालेको हो। 

श्रीलंकाले दिएको ५१ रनको लक्ष्य भारतले विकेट नगुमाइ ६.१ ओभरमा पार गर्‍यो।

भारतका लागि इशान किसनले नटआउट २३ रन र शुभमन गिलले नटआउट २७ रन जोडे।

त्यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै अलआउट भयो।

श्रीलंकाको ब्याटिङ लाइनअप ध्वस्त पार्न भारतका मोहमद सिराजले ६ विकेट लिए। करिअरको उत्कृष्ट बलिङ गरेका उनले ७ ओभरमा एक मेडन राख्दा जम्मा २१ रन खर्चिए।

यस्तै हार्दिक पाण्ड्याले २.२ ओभरमा ३ विकेट लिए भने जसप्रति बुमराहले सवैभन्दा पहिला तेस्रो बलमै १ विकेट हात पारे।

श्रीलंका लगि कुशल मेन्डिसले १७ रन र डुशान हेमन्थले नटआउट १३ रन जोड्दा ९ ब्यट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए। जसमा श्रीलंकाका पाँच ब्याट्सम्यानले त खाता नै खोल्न सकेनन्।

श्रीलंकाले चौथों ओभर सकिदा ५ विकेट गुमाउँदा सुरुवातै संकटमा परेको थियो।

५० रन श्रीलंकाको एकदिवसीय इतिहासकै दोस्रो कम योगफल हो। एकदिवसीय खेलमा श्रीलंकाको सबैभन्दा कम स्कोर भने २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध बनाएको ४३ रन हो।

भारतले पछिल्लोपटक २०१८ मा एसिया कप जितेको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर