• २०८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025

बंगलादेश बिरुद्ध भारतकाे कठिन जित

काठमाडौँ । १९ औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबार भएको पुरुष फुटबलमा भारतले बंगलादेशमाथि १—० गोलको कठिन जित हासिल गरेको छ । 

समूह ‘ए’ अन्तर्गतको उक्त खेल निकै प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियाे । खेलको अन्तिम समयमा भारतले निर्णायक गोल गरेको थियो । निर्धारित समयको ८५ औँ मिनेटमा भारतका लागि प्रभावशाली खेलाडी सुनिल क्षेत्रीले पेनाल्टीमार्फत गोल गरेका थिए । 

जारी प्रतियोगितामा बंगलादेशले यो दोस्रो हार हो । यसअघि म्यानमारले बंगलादेशलाई १—० गोलले हराएको थियो । भारत पनि आफ्नो पहिलो खेलमा पराजित भएको थियो । पहिलो खेलमा आयोजक चीनले भारतलाई ५—१ गोलको फराकिलो अन्तरले हराएको थियो । 

बिहीबार नै भएको समूह ‘ई’ अन्तर्गतको खेलमा बहराइन र कुवेतले १—१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ‘बी’ अन्तर्गतको खेलमा साउदी अरेबियाले मंगोलियालाई ३—० गोलले पराजित गरेको छ । समूह ‘एफ’ अन्तर्गतको खेलमा भने चाइनिज ताइपेईले इन्डोनेसियालाई १—० गोलले हराएको छ ।

नेपालले भने पुरुष फुटबलमा भाग लिएकाे छैन।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर