साफ साफ यू–१९ च्याम्पियनसिपः पाकिस्तानसँग नेपाल पराजित

काठमाडौं । नेपाल साफ यू–१९ च्याम्पियनसिपमा नेपालले पराजयबाट यात्रा सुरु गरेको छ । दुई पटकको च्याम्पियन नेपालले समूह चरण अन्तर्गत पहिलो खेलमा पाकिस्तानसँग पराजित भोगेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो। अलि जफरले खेलको ७६ औं मिनेटमा गरेको गोल नै पाकिस्तानका लागि निर्णायक बन्यो।
पहिलो पटक यू–१९ खेलेको पाकिस्तानले नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै सुखद सुरुवात गरेको छ। नेपालले यसअघि यू–१९ मा कुनै खेल खेलेको थिएन।
पहिलो हाफमा दबाबमा खेलेको नेपालका लागि गोलरक्षक तथा कप्तान जियारथ शेखले उत्कृष्ट प्रर्दशन गरेका थिए। तर उनले दोस्रो हाफमा अली जफ्फरको बल रोक्न सकेनन्।
नेपाल रहेको समूह ए मा पाकिस्तान र मालदिभ्स छन्। समूह चरणको दोस्रो खेलमा नेपालले सोमबार मालदिभ्ससँग खेल्नेछ।
आजै भएको समूह ए को पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै सुखद सुरुवात गरेको छ।
यो हारले नेपालको सेमिफाइनल प्रवेशको सम्भावना केही कठिन बनेको छ । नेपालले आफ्नो दोस्रो तथा निर्णायक खेल सोमबार माल्दिभ्ससँग खेल्नेछ । उता जितसँगै अन्तिम चारको सम्भावना बलियो बनाएको पाकिस्तानले शनिबार माल्दिभ्स कै सामना गर्नेछ ।
समूह बी तर्फ बिहीबार नै भएको उद्घाटन खेलमा साविक विजेता भारतले बंगलादेशमाथि ३–० को प्रभावशाली जित निकाल्यो । समूह बी मा भारत र बंगलादेश बाहेक भुटान रहेको छ । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतिकृया दिनुहोस