• २०८२ बैशाख २७ शनिबार
  • Saturday, 10 May, 2025

एसियन गेमः महिला फुटबलमा नेपाली टिम पछि पर्यो

काठमाडौं । चीनमा जारी एसियन खेलकुद अन्तर्गत महिला फुटबलमा नेपाली टिम पछि परेको छ ।

जारी दोस्रो हाफको खेलमा भियतनामसँग प्रतिस्पर्धा गरिरहेको नेपाली महिला फुटबलमा नेपाल भियतनामसँग २–० गोल अन्तरले पछि परेको छ ।

पहिलो हाफ बराबरीमा सकिएको थियो । तर नेपाली डिफेण्डर र गोलकिपरबीच राम्रो समन्वयन नहुँदा भियतनामले खेलको ५३औं मिनेटमा पहिलो गोल गर्यो ।

खेलको ६४ औं मिनेटमा नेपाली डिफेण्डर र गोलकिपरलाई कुनै मौका नै नदिइ भियतनामले अर्को आकर्षक गोल थप गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर