प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच आज भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङ बीच आज भेटवार्ता हुँदै छ ।
चीनको हाङ्जाओमा आजबाट सुरु हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा उहाँहरु बिच भेट हुन लागेको हो ।
उद्घाटन खेलमा सहभागी हुन सी पनि हाङ्जाओमा रहने र प्रधानमन्त्री प्रचण्ड पनि आज उक्त समारोहमा उपस्थित हुन त्यहीँ पुग्ने भएपछि आज भेट हुने भएको हो ।
प्रधानमन्त्री भोलि बेइजिङ पुग्ने कार्यसूची छ । बेइजिङ्मा उनले प्रधानमन्त्री प्रचण्ड र समकक्षी ली छ्याङबीच औपचारिक द्विपक्षीय भेट पर्सी सोमवारका लागि तय भएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
न्युयोर्कको पाँच दिनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आठ दिने चीन भ्रमणमा गएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा कृषि, स्वास्थ्य, सडक, नाका, जलविद्युत्, व्यापार घाटालगायतका क्षेत्रमा छलफल हुनेछ । चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएको बेला चीनले प्रतिबद्धता व्यक्त गरेका अनुदानका कार्यक्रमलाई पनि एजेण्डमा राखिएको छ
भ्रमणको बेला चीनसँगका सीमा नाकाका विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दार्चुला, बझाङ, डोल्पा, गोरखा, संखुवासभा, दोलखालगायतका जिल्लामा रहेका चीनसँगको नाकाहरू वर्गीकरण गरेर बाह्रै महिना चल्ने नाकाहरूलाई त्यहीअनुसार सञ्चालन ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ । केही एजेण्डा जलस्रोत क्षेत्रसँग सम्बन्धित रहेका छन् । यसमा जलविद्युत् आयोजना र विद्युत् प्रसारण लाइन पर्छन् ।
सडक निर्माणको विषयमा पनि चीनसँग सहयोग माग्ने तयारी छ । सेतीमा फास्ट ट्रयाक बनाउने, हिल्सादेखि सुर्खेतसम्म सडक, नुवाकोटदेखि छहरेसम्म एउटा टनेलको निर्माण, कोदारी राजमार्गको अपग्रेड र पुनर्निर्माण गर्ने विषयमा छलफल हुने बताइएको छ । स्वास्थ्य क्षेत्रमा पनि केही परियोजनाहरु अगाडि बढाउने योजना रहेको मन्त्रालयले जनाएको छ ।
चीन भ्रमणमा व्यापार घाटालाई पनि ध्यानमा राखेर नेपालको तर्फबाट चीनतिर निर्यात हुनसक्ने मालसामान के के हुन सक्छन्, त्यसमा चीन र नेपालले साझा लगानी गरेर उत्पादन कसरी वृद्धि गर्न सकिन्छ र व्यापार घाटालाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्नेबारेमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यसअघि यसै भ्रमणको दोहौरानमा हुने भनिएको विद्युत व्यापार सम्झौता भने टरेको छ।
प्रतिकृया दिनुहोस