• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

नेपाली गार्मेन्ट सन्चालकको लगानि: बानेश्वरमा क्लोथिङ स्टोर सञ्चालन

काठमाडौं । नेपाली ५ गार्मेन्ट सञ्चालकहरुको संयुक्त लगानीमा काठमाडौंको बानेश्वरमा मल्टिब्राण्ड क्लोथिङ स्टोर सञ्चालनमा आएको छ । नेपाली ब्राण्डका कपडालाई प्रोत्साहन गर्ने उद्देश्यले ५ नेपाली ब्राण्डका गार्मेन्ट सञ्चालकले शुक्रबारदेखि स्टोर सञ्चालनमा ल्याएका हुन् ।

नेपाली उद्योगबाट उत्पादन भएका कपडाहरुलाई उद्योगबाट सिधै उपभोक्तासम्म पुर्याउने उद्देश्यले मल्टिब्राण्ड क्लोथिङ स्टोर शुरुवात गरेका छन् । उद्योगहरुबाट ब्राण्डिङ गरेर नेपाली कपडाहरु उपभोक्ताहरु माझमा पुर्याउने उद्देश्यले मल्टिब्राण्ड नेपाल मै उत्पादित कपडा पसल सञ्चालनमा आएको छ । मल्टिब्राण्ड कपडा स्टोरमा नेपाली कपडा गार्मेन्टका रुपमा स्थापित स्टोरमा याक एनड नेक, भर्जिन, गोफी, ट्याग, फ्रिडमर र केके ब्राण्डका महिला, पुरुष र बच्चाका कपडाहरु एकै ठाउँमा पाइने भएको छ ।


मल्टिब्राण्ड कपडा स्टोरका सञ्चालक तथा तयारी पोशाक व्यवसायी राजकुमार कार्कीले स्वदेशी उत्पादनको प्रयोग र राष्ट्र निर्माणमा सहयोग गर्ने उद्देश्यले तयारी पोशाक व्यवसायीहरुले संयुक्त लगानीमा स्टोर सञ्चालनमा ल्याएको बताए । उनले पाँच वटा फरक(फरक रजिस्टेड ब्राण्डका ट्रेड मार्क सहितको मल्टिब्राण्ड कपडा स्टोरको रुपमा शुरुवात गरिएको बताए । उनले तयारी पोशाक व्यवसायीहरुको चाहना उत्पादन वृद्धि गरी समृद्धि नेपाल निर्माण गर्ने भएको बताए ।


उनले पछिल्लो समय नेपाली उत्पादनका वस्तुभन्दा पनि विदेशी वस्तुहरुको महत्व बढ्दै गएको भन्दै अब विदेशी भन्दा पनि नेपाली ब्राण्डलाई प्राथमिकता दिन आवश्यक रहेको बताए । उनका अनुसार मल्टिब्राण्ड स्टोरमा करिब २० लाखभन्दा बढी लगानी लागेको छ । स्टोरमा पाउने नेपाली उत्पादनका कपडाहरु विदेशी ब्राण्ड भन्दा कमजोर नभएको दाबी गर्दै उनले विदेशी ब्राण्डका कपडाहरु भन्दा नेपाली उद्योगमा उत्पादन भएका कपडाहरु ३५ प्रतिशत सस्तोमा पाउन सकिने बताए ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले गुणस्तरीय नेपाली ब्राण्डका कपडाहरु एउटै स्टारमा सस्तो मूल्यमा दिने प्रयासले मल्टिब्राण्ड कपडा स्टोर सञ्चालनमा आएको बताए । यसले भविष्यमा नेपाली ब्राण्डका कपडाहरु निर्यात र मुलुकभित्रै खपत गरी मुलुकको अर्थतन्त्रमा थप सहयोग पुर्याउन मद्दत गर्ने बताउँदै उनले विगतमा उद्योगमा अर्डर आएको आधारमा नेपाली उत्पादित कपडाहरु बजारमा गएको तर अब कम्पनीहरुको आफ्नै स्टोरबाट उपभोक्तामा पुर्याउने अभियान शुरुवात भएको जानकारी गराए । उनले नेपालमा कपडाको वार्षिक ३ खर्बको माग रहेको भन्दै मुलुकको आयात प्रतिस्थापन गर्नको लागि पनि नेपाली ब्राण्डका कपडाहरुलाई नेपाल भित्रै खपत गराउने उद्देश्यले आफू लागेको बताए ।

नेपालमा गार्मेन्ट उद्योगले सबैभन्दा बढी रोजगारी दिएको र अर्थतन्त्रमा सबैभन्दा बढी भ्यालु एडिसन समेत गरेकाले यसलाई प्रोत्साहन गर्न आवश्यक रहेको उनको भनाइ छ । विदेश निर्यात गरिरहेका नेपाली कपडा नेपालमा नै खपत गरेर मात्रै विदेशमा निर्यात गर्नुपर्ने बताउँदै उनले हामीले नेपालीले नेपाललाई माया गर्छौं भन्ने मात्रै नभएर नेपाली खाना, नेपाली उत्पादन लगाउन आवश्यक रहेको बताए ।

त्यस्तै, मल्टिब्राण्ड कपडा स्टोर सञ्चालक मुना थापाले मल्टिब्राण्ड कपडा स्टोरमा नेपालीहरुको स्ट्रक्चर अनुसन्धान गरेर नेपालीहरुलाई सुहाउने कपडाहरु डिजाइन गरेर बनाएका कपडाहरु पाउने बताए । उनले विदेशी ब्राण्डका कपडाहरु लगाउँदा विदेशी फिगरहरुसँग म्याच हुने गरेको तर नेपाली ब्राण्डका कपडाहरुमा नेपाली फिगरलाई सुहाँउदा कपडा बनाएको बताए ।

नेपाली स्थानीय तयारी पोशाक संघका अध्यक्ष किशोर नेपालले उद्योगबाट उत्पादन भएका कपडाहरुलाई उद्योगबाट सिधै उपभोक्तासम्म पुर्याउने उद्देश्यले मल्टिब्राण्ड कपडा पसलको शुरुवात गरेको बताउँदै उनले उद्योगहरुबाट ब्राण्डिङ गरेर नेपाली कपडाहरु उपभोक्ताहरु माझमा पुर्याउने उद्देश्यले मल्टिब्राण्ड नेपाल मै उत्पादित कपडा पसल सञ्चालनमा ल्याएको जानकारी गराए । उनले मल्टिब्राण्ड स्टोर विस्तारै नेपालका मुख्य शहरहरुमा पुर्याउने उद्देश्य रहेको बताए ।

त्यस्तै, फन्कामा गार्मेन्टका निर्देशक सुमित प्रधानले पाँच वटा ब्राण्ड मिलेर एउटै छानामुनी पाँच ब्राण्डका गुणस्तरिय कपडाहरु उपभोक्ताहरुलाई पुर्याउँदा बजारको महँगीमा कमी आउने बताउँदै उनले अब आम उपभोक्ताहरुले पनि कपडाका विदेशी भन्दा पनि नेपाली ब्राण्डलाई प्राथमिकता दिन आवश्यक रहेको बताए ।

मल्टिब्राण्ड कपडा स्टोर नेपाली कपडा गार्मेन्टमा उत्पादन भएका गुणस्तरिय कपडाहरु पाइने व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय नेपालीहरुमा विदेशी ब्राण्डका कपडाहरुको लोकप्रियता बढ्दै गएकाले नेपाली ब्राण्डका कपडा लगाउने बानी बसाउन आवश्यक रहेको छ । मल्टिब्राण्ड स्टोरले नेपाली उत्पादन लगाउन चाहने आम नेपालीहरुको चाहना पूरा गर्ने उद्देश्यले शुरुवात भएको छ । स्टोरमा सिधै फ्याक्ट्रीबाट सामान ल्याइने भएकाले ग्राहकले सस्तोमा राम्रो गुणस्तरका कपडा पाइनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर