क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित,सचिवमा पारस खड्का भिडदैं

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् ।
अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेको थियो । उनी यसअघि पनि अध्यक्ष नै थिए । नेतृत्वमा पुन: दोहोरिएका छन् ।
रोशन सिंह उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्षमा पदम खड्का निर्विरोध भएका छन् । सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लबीच निर्वाचन हुनेछ।
नेपाल क्रिकेट संघको शुक्रबार काठमाडौंमा शुरू भएको साधारणसभा आज शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । सचिवलगायत अरु पदका लागि भने उम्मेदवारी दर्ता जारी छ ।
प्रतिकृया दिनुहोस