• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

रोकिएन आन्दोलनः सहमतिप्रति राहत शिक्षक असहमत

काठमाडौँ नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सहमतिमा असहमति जनाउँदै राहत शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले हिजो नै सहमति प्रति असन्टुष्टि जनाउँदै एक विज्ञप्ति जारी सहमति झारा टार्ने खालको भएको उल्लेख गर्दै आन्दोलन जारी राख्ने बताएको थियो ।

सहमतिपछि स्थायी शिक्षकहरु घर फर्किए पनि राहत, अनुदान र अस्थायी शिक्षकहरुले आजपनि काठमाडौंको माइतिघर मण्डलामा प्रर्दशन गरेका छन् ।

सम्पूर्ण राहत शिक्षकहरूलाई स्थायी व्यवस्थापनका लागि परीक्षा दिने व्यवस्था मिलाउनुपर्ने माग उनिरुले गरेका छन् ।उत्तीर्ण हुनेलाई शिक्षकमा नियुक्त गर्नुपर्ने र अनुत्तीर्ण हुनेलाई निश्चित रकम दिएर घर पठाइनुपर्ने उनीहरूको माग छ ।

शुक्रबारको सरकार र शिक्षक महासंघ बीच भएको ६ बुँदे सहमतिमा भने आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत मात्र स्थायी हुने उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर