मेसी विनाको मायामीः न्यूयोर्क सिटीसँग बराबरी

काठमाडौँ । कप्तान तथा स्टार स्ट्राइकर लियोनल मेसी विनानै मैदानमा उत्रिएको इन्टर मायामी न्यूयोर्क सिटीसँग बराबरीमा रोकिएको छ । मेजर लिग सकर एमएलएस अन्तर्गत आज आइतबार बिहान सम्पन्न खेलमा इन्टर मायामी र न्यूयोर्क सिटी १–१ गोलको बराबरीमा रोकिएको हो ।
इन्टर मायामीलाई टोमस अभिलेजले खेलको ९५औं मिनेटमा गोल गर्दै हारबाट जोगाए । यसअघि न्यूयोर्कका लागि सान्टियागो रोड्रीगेजले अग्रता दिलाएका थिए ।
इन्टर मायामीका लागि लियोनेल मेसी आजको खेलमा समेत खेलेका थिएनन् । इन्जुरीका कारण मेसी लगातार खेल बाहिर हुदा यसको असर इन्टर मायामीलाई परिरहेको छ । मेसी मैदानमा हुँदा लगातार जित हात पारेको मायामी मैसी मैदान बाहिर हुने वित्तिकै कमजोर प्रदर्शन गरिरहेको छ ।
प्रतिकृया दिनुहोस