अमेरिकामा नेपाली सन्दीपालाई २ स्वर्ण

काठमाडौं । नेपाली चेली सन्दीपा अम्गाईले २३ औँ ग्लोबल ओपन कुकिवन कपमा दोहोरो स्वर्ण पदक जितेकी छन् ।
अमेरिकाको नर्थ क्यारोलिना स्मिथफिल्डमा भएको प्रतियोगिताअन्तर्गत फेस्टिभ ट्राडिसनल पुम्से इन्डिभिजुयल १८–३० उमेर समूहमा स्वर्ण पदक जितेकी हुन् । अमेरिकाकै माडेलिन यियुङलाई हराएर सन्दीपा च्याम्पियन बनिन् ।
सन्दीपाले १८–३० उमेर समूहअन्तर्गत नै ब्लयाकबेल्ट पावर ब्रेकिङ टर्निङ ब्याक किक इभेन्टमा पनि स्वर्ण पदक हासिल गरिन् । सो इभेन्टको फाइनलमा सन्दीपाले बोलिभियाकी खेलाडीलाई हराइन ।
कुकिवनका अध्यक्ष ग्रान्डमास्टर डोङ सुप लिबाट उद्घाटन भएको सो प्रतियोगितामा ६९८ खेलाडी र ३७ रेफ्रीको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस