• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

ओमान र बहराइन विजयी

काठमाडौं । आइसिसी टि२० विश्वकप एसिया क्षेत्रको छनोटमा ओमान र बहराइन विजयी भएका छन् । आज विहान भएको खेलमा हङकङलाई २० रनले हराउदै बहराइन विजयी भएको हो । अर्को खेलमा सिंगापुरलाई २२ रनले हराउँदै ओमान विजयी भयो । 

हारसँगै हङकङको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ । जितको लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको हङकङ १९.१ ओभरमा १ सय २६ रनमा अल आउट भयो । 

हङकङले पहिलो खेलमा कुवेतलाई ३१ रनले हराएको थियो । बहराइन पहिलो खेलमा युएईसँग ५ विकेटले पराजित भएको थियो । हङकङले अव बिहीबार युएईसँग खेल्नेछ । 

बहराइनले बिहीबार कुवेतसँग खेल्नेछ ।  

अर्को खेलमा ओमानले दिएको १७५ रनको लक्ष पछ्याएको सिंगापुर पुरा ओभर खेल्दा ८ विकेट गुमाउँदै १५२ रन मात्रै बनाउन सफल भयो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर