• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

कमजोर जीब्रालटारविरुद्ध फ्रान्सको १४ गोल, एम्बाप्पेको डबल ह्याट्रिक

काठमाडौं । युइएफए युरोकप छनौट अन्तर्गत विश्व विजेता फ्रान्सले कमजोर प्रतिद्धन्दी जीब्रालटारविरुद्ध १४ गोल गरेको छ । सोही खेलमा फ्रान्सेली सुपरस्टार केलियन एम्बाप्पेले डबल ह्याट्रिक गरेका छन् । 

समुह बि अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले जीब्रालटारलाई १४(० गोल अन्तरले पराजित गरेको हो ।

जिब्रालटारविरुद्ध फ्रान्सका ९ खेलाडीले गोल गरेका थिए । जसमा फ्रान्सका लागि किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए भने ओलिभर जिराउड र किंग्सले कोम्यानले २,२ गोल गरेका थिए । त्यस्तै मार्कस थुराम, वारेन जैरे एमेरी, जोनाथन क्लाउस, योउसोउफ फोफना, एड्रीयन राबिओट र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए ।

त्यसैगरी जिब्रालटारका इथान सान्तोसले एक गोल आत्मघाती गोल गरेका थिए । यस खेलमा जिब्रालटारका इथान सान्तोसले खेलको १८औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यो फ्रान्सको अहिलेसम्म सबैभन्दा ठुलो जित हो भने युरोकप छनौटको इतिहासमा पनि यो अहिलेसम्मको सबैभन्दा ठुलो जित हो ।

यो जितपछि फ्रान्स समुह बि मा अपराजित रहदै ७ खेलमा २१ अंक हासिल गरेको छ । फ्रान्स यसअघि नै युरो कप २०२४ मा छनौट भइसकेको छ ।

त्यस्तै जिब्रालटारले भने समुह बिमा खेलेका सातै खेलमा हार बेहोरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर