• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

अखिल र युवासंघको शक्ति प्रदर्शन तीनकुनेमा 

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्ना जनसंगठनहरु मार्फत गर्न लागेको शक्ति प्रदर्शनको स्थान परिवर्तन भएको छ । 

युवा संघका अध्यक्ष क्षितिज थेबेले आज सोमबार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलामा आयोजना गरिएको कार्यक्रम उही समयमा तीनकुनेमा सारिएको जानकारी दिएका छन् । 

सरकारले सोमबारबाट एक महिनासम्मका लागि माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेपछि युवा संघले कार्यक्रमको स्थान परिवर्तन गरेको हो । 

सरकारले माइतीघर मण्डलादेखि बानेश्वर चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेकाले  निर्धारित कार्यक्रम सोही मिति र समय (बिहान ११ बजे) मा काठमाडौँस्थित तीनकुनेमा हुने अध्यक्ष थेवेले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर