हमासले बन्धक बनाएका थाइल्याण्डका १२ नागरिक मुक्त

एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाविसिनले हमासले बन्दी बनाएका १२ जना आफ्ना नागरिकलाई रिहा भएको बताएका छन् । इजरायल र हमासबीच शुक्रबारदेखि ४ दिनका लागि युद्धविराम भएको छ । यसबीचमा दुवै पक्षले बन्धक बनाएकाहरुलाई रिहा गर्ने मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले जनाएको छ ।
‘यो सुरक्षा पक्ष र परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ कि १२ थाई बन्धकहरू रिहा भइसकेका छन्,ुप्रधानमन्त्री श्रेथा थाविसिनले एक्समा पोस्ट गरेका छन्। थाइल्याण्डकै बन्धकहरुको समूहमा नेपालका विपिन जोशी पनि रहेको खबर आएको थियो । तर नेपालका जोशी रिहा भए, नभएको केही सूचना छैन । नेपाल सरकारले भने कूटनीतिक माध्यमबाट जोशीको रिहाका लागि पहल गर्दै आएको छ ।
चार दिनको लागि कतारको मध्यस्थतामा भएको सम्झौता अन्तर्गत, इजरायली जेलमा रहेका ३९ प्यालेस्टिनी बन्दी र गाजामा रहेका १३ इजरायली बन्दीहरूलाई पनि रिहा गर्ने तयारी छ । इजरायलका १३ जना शुक्रबारै रिहा हुँदैछन् ।
प्रतिकृया दिनुहोस