• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

सियरा लियोनमा सशस्त्र झडपमा १३ सैनिकको मृत्यु

सियरा लियोन । सियरा लियोनको राजधानी फ्रिटाउनमा २०८० मंसिर १० गते आइतबार भएको झडपमा सरकारप्रति वफादार सेनाको पंक्तिमा रहेका १३ जनाको मृत्यु भएको सेनाका प्रवक्ताले सोमबार बताएका छन् ।

राष्ट्रपति जुलियस माडा बायोले आक्रमणपछि स्थानीय समयअनुसार आइतबार राति राष्ट्रका नाममा गरेको सम्बोधनमा सशस्त्र व्यक्तिहरूले विल्बरफोर्समा रहेको सैन्य ब्यारेक, ‘पाडेम्बा रोड करेक्सनल सेन्टर’ लगायत अन्य स्थानहरूमा पनि आक्रमण गरेको बताएका छन् ।


आक्रमणको सेनाले सशस्त्र प्रतिकार गरेको छ र आक्रमणकारी जत्थालाई पछि हटाइएको र शान्ति बहाली गरिएको राष्ट्रपतिले बताएका छन् । सेनाका प्रवक्ता कर्नेल इसा बङ्गुराले झडपमा मारिएका सैनिक अधिकारीको संख्या पुष्टि गर्दै पत्रकारहरूसँग भने, ‘हामीले हिंसात्मक आक्रमणमा संलग्न सबै व्यक्तिहरूको खोजी सुरु गरेका छौं, जसमा वर्तमान र सेवानिवृत्त सेवारत सैनिकहरू पनि छन् ।’

यसैबीच, सियरा लियोनको सरकारले कफ्र्यू समयलाई परिमार्जन गर्दै हिंसा कम हुँदै जाँदा शान्त रहन सर्वसाधारणसँग आग्रह गरेको छ । सियरा लियोनको राजधानी फ्रिटाउनमा रहेको प्रमुख सैन्य ब्यारेकमा सुरक्षा फौजले गरेको सशस्त्र आक्रमणलाई सुरक्षा बलले प्रतिकार गरेपछि सियरा लियोन सरकारले नयाँ कफ्र्यू (निषेधाज्ञा) जारी गर्दै नागरिकहरूलाई शान्त रहन आह्वान गरेको हो ।

सूचना तथा नागरिक शिक्षा मन्त्रालयले आइतबार अबेर एक विज्ञप्ति जारी गरी यसअघिको अनिश्चितकालीन कफ्र्यू हटाइएको छ र स्थानीय समयअनुसार राति ९ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्यू लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नागरिकहरूलाई शान्त र सतर्क रहँदै उनीहरूको सामान्य गतिविधिहरूमा फर्कन र कुनै पनि शङ्कास्पद वा असामान्य गतिविधिको रिपोर्ट नजिकैको प्रहरी कार्यालयमा दिनुहुन आग्रह गरिन्छ ।’

राष्ट्रपति जुलियस माडा बायोले आइतबार अबेर राष्ट्रका नाममा गरेको सम्बोधनमा सशस्त्र व्यक्तिहरूले विल्बरफोर्समा रहेको सैन्य ब्यारेकमा मात्र नभई ‘पाडेम्बा रोड करेक्सनल सेन्टर’लगायत अन्य स्थानहरूमा पनि आक्रमण गरेको बताएका छन् । आक्रमणको सेनाले सशस्त्र प्रतिकार गरेको छ र आक्रमणकारी जत्थालाई पछि हटाइएको र शान्ति बहाली गरिएको राष्ट्रपतिले बताएका छन् । रासस / एएफपी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर