अर्जेन्टिना बाहिरियो, जर्मन विश्वकपको फाइनल प्रवेश

काठमाडौं । फिफा अण्डर १७ विश्वकपमा अर्जेन्टिनाको यात्रा टुंगिएको छ । आज जर्मनविरुद्ध भएको सेमिफाइनलमा पराजय भोगेसँगै अर्जेन्टिनाको यात्रामा विराम लागेको हो ।
ब्राजिलाई हराउँदै अर्जेटिनाको युवा टोलीले सेमिफाइनल यात्रा तय गरेको थियो ।
जर्मन विरुद्धको प्रतिस्पर्धात्मक खेलमा अधिकाँश खेलमा पकड जमाएपनि अर्जेन्टिना पेनाल्टी सुटआउटमा अभागि सावित भयो ।
निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि पेनाल्टी हानिएको थियो । जर्मन गोलकिपरले अर्जेटिनाका २ खेलाडीको प्रहार रोकिदिए । अर्जेन्टिनाका अग्युस्टीन रोबर्टोले खेलमा ह्याट्रि हानेपनि टिमको हार टार्न सकेनन् ।
आजै भएको अर्को सेमिफाइनलबाट फ्रान्स फाइनल प्रवेश गरेको छ । मालिलाई २–१ गोलले पराजित गर्दै फ्रान्सले जर्मनसँगको उपाधि भिडन्त पक्का गरेको हो ।
प्रतिकृया दिनुहोस