• २०८२ बैशाख २६ शुक्रबार
  • Friday, 9 May, 2025

च्याम्पियन्स लिगः बार्सिलोना नकआउट चरणमा 

काठमाडौं । अघिल्लो सिजन च्याम्पियन्स लिग खेल्नै नपाएको स्पेनिस लिग विजेता बार्सिलोना यसपाला च्याम्पियिन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा पोर्टोलाई २ – १ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । 

बार्साले १ – ० गोलले पछि परेको स्थितिमा पुनरागमन जित दर्ता गरेको थियो । ३० औं मिनेटमा पोर्चुगिच क्लबका लागि ब्राजिलियिन विंगर पेपेले गोल गरेका थिए । तर स्पेनिस जायन्टले खेलमा फर्कन धेरै समय लगाएन । ३२ औं मिनेटमै जोवाओ कान्सेलोले गोल गर्दै खेल बराबरी गरे ।

पोर्टो गोलकिपर इनाकी पेनाले केही उत्कृष्ट बचाउ गरेपछि बार्साले पहिलो हाफमा अग्रता लिन सकेन । ५७ औं मिनेटमा जोवाओ फिलिक्सले गोल गर्दै जाभी हर्नान्डेजको टोलीलाई जित दिलाए । 

पोर्चुगिच टिम विरूद्द बार्साका लागि गाेल गर्ने दुवै खेलाडी फिलिक्स र कान्सेलाे पाेर्चुगलकै खेलाडी हुन् ।

बार्साले सन् २०२०,२१ को सिजन पछि पहिलो पटक नकआउटमा चरणमा स्थान बनाएको हो । समूह एचमा रहेको बार्सा पाँच खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ । दोस्रो स्थानको पोर्टो र तेस्रो स्थानमा रहेको शाख्तर डोनेस्कको समान ९ , ९ अंक छ ।  

गएरातिकै खेलमा बोरुसिया डर्टमन्डले पनि एसी मिलानलाई ३ – १ गोलले हराउदै नकआउट चरणमा स्थान बनाएको छ । चौथो मिनेटमै घरेलु टोली मिलानले पाएको पेनाल्टीमा ओलिभर जिरुड चुकेका थिए । दशौँ मिनेटमा मार्कर रेउसले पेनाल्टीमार्फत नै डर्टमन्डलाई अग्रता दिलाए ।

३७ औं मिनेटमा सामुएल चुक्वेजीले बराबरी गोल फर्काए । ५९ औं मिनेटमा १९ वर्षीय जेमी बिनो गेटिङसले र ६९ औं मिनेटमा करिम आडेयमीले गोल गरेपछि डर्टमन्ड समूह एफबाट अन्तिम १६ मा पुगेको हो । फेनोर्डमाथि एट्लेटिको मड्रिड ३ – १ गोलको जित हात पार्दै समूह ईबाट नकआउट पुगेको छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर