• २०८१ श्रावण १२ शनिबार
  • Saturday, 27 July, 2024

काठमाडौं महानगरपालिकाकाे २९औं महानगर दिवस (फाेटाेफिचर)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २९औं महानगर दिवस मनाएको छ । शुक्रबार काठमाडौंको टुँडिखेलमा एक समाहरोहको आयोजना गरी महानगर दिवस मनाइएको हो । 

हरेक वर्ष मङ्सिर २९ गतेका दिन महानगरले महानगर दिवसको रुपमा कार्यक्रमको आयोजना गर्दै आएको छ। कार्यक्रममा महानगरमा भएको दमकल, गाडी, सरसफाइ गर्ने मेसिन तथा विभिन्न सांस्कृतिक झाकिर्‍यालिको पनि प्रदर्शन गरिनुका साथै विभिन्न व्यत्तिलाई सम्मान गरेको थियो । 

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री प्रचण्ड सहित सांसद, महानगर प्रमुख, उप प्रमुख, प्रधानसेनापती, प्रहरी, खेलाडी लगायत सर्वसाधारणको पनि उपस्थित थियो। 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।

शुक्रबार २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो बताए । उनले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको भूमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गरे ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर