• २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024

युवालाई राष्ट्रसंघीय अभ्यास सिकाउन नमुना संयुक्त राष्ट्रसंघ

भक्तपुर। राष्ट्रिय युवा परिषदद्वारा सञ्चालित चारदिवसीय नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास बिहीबार सम्पन्न भएको छ। गत चैत्र २६ वाट शुरु भएको अभ्यास कार्यक्रम चैत्र २९ गते समापन भएको छ। खुला अनलाइन आवेदनका आधारमा देशभरका  ७१ जिल्लावाट  छनौट भएका १६–२४ उमेरका २०० जना युवा कार्यक्रममा सहभागि थिए । नमुना संयुक्त राष्ट्रसंघको महासचिवको भुमिका ललितपुरकी नुज्जु अवालेले निर्वाह गरेकी थिइन्।

सानोठिमी भक्तपुर स्थित एसओएस वालग्राम हाताभित्र नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले विधिवत् समारोहका विच कार्यक्रमको उद्घाटन गरेका हुन्। 

सो अससरमा उपप्रधानमन्त्री श्रेष्ठले नमुना संयुक्त राष्ट्रसंघको अभ्यासले नेपाली युवाहरुलाई अन्तर्राष्ट्रिय कुटनीति र नेतृत्व विकासमा महत्वपुर्ण टेवा पुग्ने वताए।कार्यक्रमको समापन समारोहमा युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले युवालाई नेतृत्वदायी र प्रतिस्पर्धी भूमिकामा स्थापित गराउन यस्ता कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने वताए। मन्त्री श्रेष्ठले युवा स्वरोजगार र सशक्तिकरण मन्त्रालयको मुख्य ध्यान रहेको बताए । 

संयुक्त  राष्ट्रसंघको नेपाल स्थित आवासीय कार्यालयको तर्फवाट संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले नेपाली युवाहरुले राष्ट्रसंघीय अभ्यास वुझ्नु अत्यन्तै आवश्यक रहेको वताइन्। लबेले युवा पुस्ताले विश्व शान्ति र सद्भाव कायम राख्न महत्वपुर्ण भुमिका खेल्न सक्ने बताइन् ।  

राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई राष्ट्रसंघीय अभ्यास , दिगो विकास लक्ष्य, कुटनीतिक आयाम , साझा अन्तर्राष्ट्रिय सवालहरु, जलवायू परिवर्तन, मानव अधिकार , सुरक्षा परिषद लगायतका विषयमा प्रशिक्षित गराउने उदेश्यले  कार्यक्रम आयोजना गरिएको वताए।

चार दिने कार्यक्रममा सहभागी युवालाई विभिन्न छ वटा समितिमा विभाजन गरि अलग अलग विषयमा छलफल तथा अभ्यास गराइएको थियो ।  संयुक्तराष्ट्र संघ अनर्गत महिला समिति, सुरक्षा परिषद् समिति, मानवअधिकार परिषद् समिति, वातावरणीय कार्यक्रम समिति , आर्थिक तथा वित्तीय समिति समिति, अन्तर्राष्ट्रिय प्रेस समिति जस्ता फरक फरक क्षेत्रमा युवाहरुले अभ्यास गरेका थिए । 

उपरोक्त समितिहरुमा सांसद सुनिता बराल, बैङ्कर्स तथा उद्यमी अनिल केशरी शाह, भाइराजा पाण्डे, सुनिल शर्मा, रौनिक राज अर्याल लगायतले विषयगत सहजिकरण समेत गरेको परिषदका उपसचिव कर्ण कवरले जनाए।

कार्यक्रममा विश्व वन्य जन्तु कोषका राष्ट्रिय निर्देशक डा.घनश्याम गुरुङ,  एसओएस् वालग्रामका राष्ट्रिय निर्देशक डा.गंगावहादुर गुरुङ् , युवा तथा खेलकुद मन्त्रीका सल्लाहकार निर्देश सिलवाल, परिषद् सदस्य सजिना थापा मगर, प्रशासकीय प्रमुख दिनेस घिमिरे, क्रियजन का अध्यक्ष आनन्द भिश्र,  युथ थिङ्कर्स सोसाइटिका क्षितिज भट्टराई लगायतले शुभकामना दिएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर