• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

अधिवेशन अन्त्य गर्नेगरी प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने छ ।

बैठकमा सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको लगायतका विषयमा छलफल हुने बताइएको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिनिधि सभाको बैठक पनि वैशाख २ गते बिहान ११ बजे राखिएको छ ।

संसद्को हिउँदे अधिवेशन गत माघ २२ गतेबाट सुरु भएको थियो । यसबीचमा संघीय संसद्ले तीन वटा विधेयकमात्र पारित गरेको छ ।

प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका २० वटा बैठक बस्दा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक मात्र पारित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर