• २०८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024

८२ शाखा अधिकृतको पदस्थापन, ३० गाउँपालिकामा पुगे प्रमुख प्रशासकीय अधिकृत 

काठमाडौं । सरकारले नव नियुक्त ८१ शाखा अधिकृतको पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ब्याच नम्बर ३७ का ८१ जना शाखा अधिकृतलाई विभिन्न निकायमा पदस्थापन गरेको हो ।

सूची अनुसार ३० जना शाखा अधिकृतलाई पहिलो पदस्थापनमा नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

नव नियुक्त ३० शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएसँगै निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलेका ३० गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

ती स्थानीय तहहरू अहिले निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेका छन् ।

नव नियुक्त शाखा अधिकृतहरूलाई मन्त्रालयले विभिन्न मन्त्रालय सहित रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृतको पदमा खटाउने निर्णय गरेको हो ।
हेर्नुस् सूची

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर