• २०८१ बैशाख २४ सोमबार
  • Monday, 6 May, 2024

काँग्रेसले भन्दैमा राजीनामा दिन्नः रवि लामिछाने

काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गरेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उनले सहकारी पीडितको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्याए।

बुधबार इलाममा आयोजित चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने काँग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए। 

उनले आफूहरु सहकारी पीडितको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताए।

उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको आरोप समेत लगाए। काँग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनको जिकिर थियो।

उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पनि आरोप लगाए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर