• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

माओवादीसँगै सरकारमा बस्ने भयो एकीकृत समाजवादी, नयाँ गठबन्धनमा नजाने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । 

आज (बिहीबार) महाधिवेशनस्थल कमलादीमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारबाट फिर्ता नहुने बताए । उनले प्रधानमन्त्रीलाई आफूहरुको समर्थन जारी रहेको बताए ।

पार्टीको नेतृत्व सर्वसहमतीमा टुंग्याउने प्रयास भइरहेको पनि उनले जानकारी दिएका छन् । 

भुसालले महाधिवेशनबाट निस्कँदै गर्दा पार्टीलाई एकतावद्ध र उत्साहित कसरी बनाउने भन्नेमा नै प्रतिनिधिहरुको चासो, चिन्ता र संकल्प रहेको भन्दै आफूहरु त्यसै अनुरुप अगाडि बढेको बताए । 

उनले आफूहरुले भरसक निर्वाचनमा जान नचाहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर