• २०८१ कार्तिक ७ बुधबार
  • Wednesday, 23 October, 2024

राजनीतिक माहाेल ७६ (३) तर्फ गइरहेका बेला सुरु भयो एमाले सचिवालय बैठक 

काठमाडाैं । अध्यक्ष केपी ओलीकाे नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारी गरिरहेका बेला नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरू भएको छ।

मंगलबार दिउँसो १ बजेलाई तय भएको बैठक बुधबार बिहान ११ बजेलाई सारिएको थियो। च्यासलमा बुधबार दिउँसो बसिरहेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ।

एमाले भित्र राष्ट्रपति रामचन्द्र पाैडेलले संविधानकाे धारा ७६(३) अनुसार सरकार बनाउन आव्हान गर्ने हुन् कि भन्ने त्रासमा छ ।

बुधबारको बैठकले मन्त्री छान्न मापदण्ड पनि तय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनकाअनुसार मन्त्री छान्ने एमालेले ६ वटा आधारमा छलफल चलाइरहेको छ।

त्यस्तै पार्टीको २०८१ को कार्ययोजना लागू गर्ने विषयमा पनि आज बैठकले निर्णय गर्ने तयारी छ।

एमालेले २०८१ भरि संगठन शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ। त्यो अभियानको थालनीबारे पनि सचिवालय बैठकले निर्णय गर्नेछ।

असार १७ गते राति नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा सहमति भएको थियो।

सहमतिअनुसार पहिलो चरणमा सरकारको नेतृत्व केपी शर्मा ओलीले गर्नेछन्। उनले दुई वर्ष सरकार सञ्चालन गर्ने र त्यसपछिको बाँकी डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वास मत लिने तयारी गरेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर