• २०८१ मङ्सिर २० बिहीबार
  • Thursday, 5 December, 2024

उपेन्द्र यादव र रेशम चौधरीले पाएनन् मन्त्री, यादव समाजवादी माेर्चामा फर्कन तयार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मन्त्रिपरिषद गठन गरेसँगै उनलाई विश्वासको मत दिएका उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले मन्त्री पाएनन् । 

सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री पाएकाले संघको मन्त्रीको खासै चासो दिएको छैन । 

ओले महत्वपूर्ण मन्त्रालयहरु समेटेर आजै प्रधानमन्त्रीसहित २२ सदस्यीय मन्त्रिपरिषद गठन गरे । संवैधानिक प्रावधान अनुसार अब ३ जना, मन्त्री, राज्यमन्त्री वा उपमन्त्री थप गर्न मिल्छ । 

अब मन्त्रालय फुटाएर वा विनाविभागीय मन्त्री बनाएर भएपनि २५ सदस्यीय बनाउन मिल्ने प्रावधान छ । 

पहिलो चरणमा मन्त्रिपरिषदमा स्थान नभएको, आफैंसँग फुटेर गएको जसपालाई दुई मन्त्री दिएको तथा मधेश प्रदेशको मुख्यमन्त्री पनि नपाएपछि कांग्रेस एमाले गठबन्धनमा गएका उपेन्द्र यादव सवैभन्दा रुष्ट छन् ।

उनलाई पुरानै समाजवादी माेर्चामा फर्काउन पहल भईरहेको एक नेताले जानकारी दिए । 

नयाँ गठबन्धन बनेसँगै समाजवादी मोर्चालाई सक्रिय बनाउन लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यादवलाई फकाउने जिम्मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई दिएका छन् । यादव र नेपालबीच समाजवादी मोर्चा ब्यूताउने र सक्रिय बनाउने विषयमा अनौपचारिक छलफल पनि भइसकेको स्रोतको समाचार दैनिकलाई बतायो । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका बेला यादवको पार्टी विभाजन भएपछि उनी प्रचण्डसँग रुष्ट भएका थिए । प्रायः ठूला राजनीतिक घटनाहरुमा प्रचण्डकै साथमा रहने गरेका यादवलले संसदमा उनलाई विश्वासको मत पनि दिएनन् । 

आफ्नो पार्टी फुटाएको आरोप प्रचण्डमाथि लगाएका उनले अब माओवादी केन्द्र फुट्ने घोषणासमेत गरेका थिए । 

हाल समाजवादी माेर्चाकाे संयाेजक भने नेकपाका महासिचव नेत्रविक्रम चन्द छन् ।

यादवले फर्कने मनसाय बनाएपनि रेशम चाैधरीले के गर्छन् भन्ने खुलेकाे छैन । चाैधरीकाे पार्टी जनमतकी अध्यक्षा  रन्जिता श्रेष्ठ र रेशम चाैधरीबीच फाटाे छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर