• २०८१ असोज १ मंगलबार
  • Tuesday, 17 September, 2024

काठमाडाैंका नदी किनारका क्षेत्र डुबानमा परे 

काठमाडौं । मनसुनी वायुको प्रभावले राजधानी काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।

बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रही सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि गएराति भारी वर्षा भयाे । राति ११ बजेदेखिकाे निरन्तरको वर्षाले काठमाडौंको अनामनगर, घट्टेकुलो, बिजुलीबजार, बबरमहललगायत क्षेत्रका सडक तथा होचा स्थान जलमग्न भएको छ ।

बागमति, धोबीखोला लगायत उपत्यकाका खोला किनारका आसपास क्षेत्र डुबानमा परेको छ । भक्तपुरको हनुमन्ते खोलामा बाढी बढेको छ, काठमाडौंको बागमति करिडोर क्षेत्रका कतिपय सडकमा पानी जमेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर