• २०८१ पौष ६ शनिबार
  • Saturday, 21 December, 2024

ओमानसँग नेपालले लियो बदला, त्रिकोणात्मक सेरिजमा पहिलो जित

काठमाडौं । क्यानडामा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपालले ओमानसँग बदला लिएकाे छ । एकदिवसीय र टी २०मा लगातार हार खाएकाे नेपालले गएराति पहिलो जित दर्ता गरेको हाे।

आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो।

नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान ५ बल बाँकी छँदै १ सय ३९ रनमा अलआउट भयो।

सोहेब खानले बनाएको ४५ रन नै ओमानका लागि सर्वाधिक रह्यो। रफिउल्लाहले ३३ रन थपे। फयाज बट १७ रनमा अविजित रहे। प्रतिक अथाभाले १५ र खालिद कैलले ११ रन बनाए। 

ओमानलाई रोक्न नेपालका करण केसी ३ विकेट लिए। उनले ३६ रन खर्चे। कुशल भुर्तेल र गुल्सन झाले २/२ विकेट लिए। रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १/१ विकेट लिए।

त्यसअघि क्यानडाको किङ सिटीमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि क्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएकाे थियाे । 

नेपालका लागि गुल्सन झा ४० र दीपेन्द्रसिंह ऐरी १८ रनमा अविजित रहे। गुल्सनले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रले ५ बलमा १ चौका र २ छक्का हाने। कुशल मल्लले ३० तथा ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७/२७ रन बनाए। 
कुशल भुर्तेलले २० रन थपे। कप्तान रोहित पौडेल र देव खनाल समान २ रनमा पेभेलियन फर्के। 

ओमानका लागि अकिब इलियासले ३ विकेट लिए।

आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले हारेको थियो। एकदीवसीयमा नेपाल ओमान र क्यानडा दुवैसँग ४ खेलमा पराजित भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर