• २०८१ असोज ३० बुधबार
  • Wednesday, 16 October, 2024

भारत–क्यानडा तनावः उच्च कुटनीतिज्ञ निष्काशन

एजेन्सी । भारतले क्यानडाबाट आफ्ना उच्चायुक्त सञ्जयकुमार वर्मा र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । यससँगै भारतले दिल्लीस्थित क्यानडाको उच्चायोगका ६ शीर्ष कूटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय गरेको छ ।

क्यानडाका स्टीवर्ट रस व्हीलर (कार्यवाहक उच्चायुक्त), प्याट्रिक हेबर्ट (उप उच्चायुक्त),मेरी क्याथरिन जोली (प्रथम सचिव), इयान रस डेभिड ट्राइट्स (प्रथम सचिव),एडम जेम्स चुइप्का (प्रथम सचिव), पाउला अर्जुएला (प्रथम सचिव) लाई भारतीय विदेश मन्त्रालयले १९ अक्टोबर राति ११ बजेर ५९ मिनेटअघि भारत छोड्न भनेको छ ।

क्यानडाले हालसम्म भारतबाट ४१ कूटनीतिक अधिकारी फिर्ता लिएको छ ।

गत वर्ष क्यानाडाको भूमिमा सिख पृथकतावादीको हत्यालाई लिएर विवाद बढ्दै गएपछि भारत र क्यानडाबीचको कूटनीतिक सम्बन्ध अहिलेसम्मकै तल्लो स्तरमा पुगेको हो ।

क्यानडाले भारतलाई पठाएको कूटनीतिक नोटमा क्यानडाका लागि भारतका उच्चायुक्त सञ्जय कुमार वर्मा र अन्य भारतीय कूटनीतिज्ञहरूलाई जुन २०२३ मा खालिस्तान समर्थक कार्यकर्ता हरदीप सिंह निज्जरको हत्यामा संलग्न भएको आरोप लगाइएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले पनि हरदीप सिंह निज्जरको हत्यामा भारतीय एजेन्टहरू प्रत्यक्ष रूपमा संलग्न भएको विश्वसनीय आधार रहेको भन्दै आरोप लगाएका थिए । क्यानाडाली पुलिसले भारतीय एजेन्टहरूलाई 'हत्या, जबरजस्ती र हिंसात्मक कार्य' मा संलग्न भएको उल्लेख गरेको थियो ।

भारतमा सिखहरूको लागि छुट्टै मातृभूमि खोज्ने खालिस्तान आन्दोलनका समर्थकहरूलाई लक्षित गरि भरातले आफ्नै भूमिका गतिविध गरिरहेको क्यानाडाको आरोप छ । ट्रूडोले राजनीतिक लाभका लागि क्यानाडाको ठूलो सिख समुदायलाई लक्षित गरेको उल्लेख गरेका थिए ।

ट्रुडोले भारत-क्यानाडा सम्बन्ध कसरी सार्वजनिक झगडामा पुग्यो सोमबार दिउँसो प्रत्यक्ष टेलिभिजनमा बोल्दै क्यानाडामा 'आपराधिक' कार्यहरूलाई समर्थन गर्नमा भारतले 'आधारभूत त्रुटि' गरेको बताएका थिए ।

भारतले सबै आरोपहरूलाई अस्वीकार गरेको छ । क्यानडाले आफ्नो दाबीलाई पुष्टि हुने कुनै प्रमाण उपलब्ध नगराएको उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

क्यानडासँग निज्जरको हत्यामा भारतीय एजेन्टलाई जोड्ने विश्वसनीय प्रमाण रहेको ट्रूडोले बताएपछि दिल्ली र ओटावाबीचको सम्बन्ध तनावग्रस्त भएको हो ।

भारतले क्यानडालाई आफ्ना दर्जनौं कूटनीतिक कर्मचारी फिर्ता लिन र भिसा सेवाहरू निलम्बन गर्न आग्रह गरेको छ । सोमबार, भारतको विदेश मन्त्रालयको एक कडा वक्तव्य जारी गर्दै क्यानडाको आरोपहरू सिख पृथकतावादी अभियानकर्ताहरूबाट प्रभावित रहेको उल्लेख गर्दै कार्यवाहक उच्चायुक्त स्टीवर्ट रस व्हीलरसहित छ क्यानाडाली कूटनीतिज्ञहरूलाई अक्टोबर १९ सम्म भारत छोड्न भनेको हो ।

क्यानडाको कदमको व्याख्या गर्न भारतको विदेश मन्त्रालयले व्हीलरलाई पनि बोलाएको थियो। बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै व्हीलरले क्यानडाले भारतलाई आफूले मागेका प्रमाणहरू दिएको र अब आरोपहरूको छानबिन गर्नुपर्ने बताए।

दिल्लीले क्यानडाका लागि आफ्ना उच्चायुक्त सञ्जय कुमार वर्माको ३६ वर्षको कूटनीतिक करिअरको रक्षा गर्दै क्यानाडा सरकारले उनीमाथि लगाएको आशंका हास्यास्पद र अपमानजनक रहेको उल्लेख गरेको छ ।

भारतीय विदेश मन्त्रालयले पनि आफ्ना शीर्ष राजदूत र अन्य कूटनीतिज्ञहरूलाई फिर्ता लिएको बताएको छ। 
क्यानडाली अधिकारीहरूले कथित आपराधिक गतिविधिमा एक दर्जन भारतीय एजेन्टहरू संलग्न रहेको बताएका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर