• २०८१ कार्तिक ६ मंगलबार
  • Tuesday, 22 October, 2024

अमेरिकाविरुद्धको टी–२० आई सिरिज नेपालको कब्जामा

  • अन्तिम खेलमा ८ विकेटको फराकिलो जित

काठमाडौं । अमेरिका विरुद्धको टि–२० आई सेरिजमा नेपालले क्लिन स्वीप गरेको छ । 

आज भएको अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटको फराकिलो अन्तरले हरायो । 

जितका लागि नेपालले १५७ रनको लक्ष पाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले २ विकेट गुमाएर ८ बल बाँकी छँदै लक्ष भेट्टाएको हो । 

नेपालको जितमा कुशल मल्लले नटआउट ४४ रन र कुशल भुर्तेलले नटआउट ४० रन जोडे। मल्लले ३० बलमा ४ चौका र १ छक्का तथा भुर्तेलले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।

ओपनिङ ब्याटर आसिफ शेखले अर्धशतक प्रहार गरे। उनले ५० रन जोड्ने क्रममा ३९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर अनिल साहले १३ रन मात्र जोड्न सके।

ग्रान्ड प्रिएरीमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १५६ रन जोड्यो।

अमेरिकाका लागि ओपनिङ ब्याटर मुक्कामल्लले सबैभन्दा बढी ६८ रन जोडे। १८औं ओभरमा सोमपाल कामीबाट बोल्ड हुनुअघि उनले ५१ बलमा ५ चौका र २ छक्का प्रहार गरे।
 
अर्का ओपनर तथा कप्तान मोनाक पटेल २ रनमा एलबिडब्लूको धरापमा परे। उनलाई पनि सोमपालले दोस्रो ओभरमा सिकार बनाएका थिए।

अघिल्लो खेलमा अर्धशकत प्रहार गरेका आन्द्रेस गस २ रनमा आउट हुँदा आरोन जोन्सले १३ रन मात्र जोड्न सके।

मिलिन्ड कुमारले नटआउट ४३ रन जोडे। उनले ३५ बलमा ४ चौका प्रहार गरे। हर्मित सिंहले ३ बलमा नटआउट १० रन बनाए।

बलिङमा नेपालका सोमपालले ३ विकेट लिए भने रिजन ढकाल र ललित राजवंशीले १-१ विकेट हात पारे।

यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच आइसिसी विश्वकप लिग-२ अन्तर्गतको एकदिवसीय त्रिकोणात्मक सिरिज हुनेछ। लिग-२ को सिरिज ग्रान्ड प्रिएरीमै आगामी आइतबारदेखि सुरू हुँदैछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर