• २०८१ पौष १९ शुक्रबार
  • Friday, 3 January, 2025

पराजित भएको नेपाली टिमलाई हौसला स्वरुप बालेनले दिए २५ लाख

काठमाडौं । काठमाडौँ महानगरपालिकाले साफ च्याम्पियनसिप- २०२४ को उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ।

मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता ढंगोलले बुधबार राति नै उपविजेता नेपाली टोलीलाई सम्मान गरेका हुन्।

‘देशलाई जोड्ने खेलाडीहरुलाई हार्दिक हार्दिक बधाइ! सधैँ देशलाई यसरीनै मायाले समात्नु होला,’ २५ लाखको चेक हस्तान्तरण गरेको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै उनले लेखेका छन्, ‘नेता र राजनीतिले टुक्राएको देशलाई सधैँ यसरीनै जोड्ने काम गरिराख्नु होला!’

बुधबार साँझ भएको साफको फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको थियो। 

महानगरले रंगशालामा हेर्न जान नपाएकाहरूलाइ काठमाडाैं महानगरका तीन स्थानमा प्राेजेक्टरबाट फुटबल हेर्ने व्यवस्थासमेत मिलाएकाे थियाे । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर