• २०८१ पौष २१ आइतबार
  • Sunday, 5 January, 2025

धुम्म भयो काठमाडौं, यी ५ प्रदेशमा वर्षाको सम्भावना

काठमाडौैं । देशकाे संघीय राजधानी काठमाडाैं अहिले धुम्म देखिएकाे छ । आज शनिबार देशका केही स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा देशका बाँकी  प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। 

यसैगरी कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका एक/दुई स्थानमा हल्का हिमपात पनि हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

हाल देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ।

जलवायु तथा विपद् व्यवस्थापनविद् धर्मराज उप्रेतीले नोभेम्बर ९ पछि ३ डिग्री सेल्सियससम्म तापक्रम घटेर चिसो बढ्ने बताएका छन् ।

'भारतको मौसम विज्ञान विभागले नै अब नोभेम्भर ९ तारिकपछि चिसो बढ्ने सम्भावना रहेको पूर्वानुमान गरेको छ,' उनले भने, 'कहिले छिटो त कहिले ढिलो गरी चिसो सुरु हुन्छ, समान्यतया कात्तिकको अन्तिममा यहाँ पनि चिसो बढ्न सुरु हुन्छ ।'

शुक्रबार रातिसम्म काठमाडौंको तापक्रम १६ डिग्रि सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका केही स्थानमा हल्का वर्षासमेत भएकाले चिसो सुरु भएको छ ।

चिसोयाम सुरु भएपछि मानिसलाई दम, रुघाखोकी, ज्वरोलगायत समस्या उब्जने तथा चिसोको समयमा विभिन्न रोगका जिवाणु हावामा लामो समयसम्म बाँच्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्नेमा जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर