बढ्यो चिसो, जुम्लामा १ डिग्री, जिरीमा माइनसमा झर्यो
काठमाडौं । देशभर विभिन्न स्थानमा वर्षा र हिमपात भएसँगै चिसो बढेको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज देशका अधिकांश स्थानमा अधिकतम तापक्रम ह्वात्तै घटेको छ।
दिनभर घाम लाग्न नपाएका कारण आज अधिकतम तापक्रम तल झरेको हो। जसका कारण यतिबेला जाडो बढेको छ।
महाशाखाको तापक्रम सूचीमा आज सबैभन्दा कम अधिकतम तापक्रम मुस्ताङको जोमसोममा १० डिग्री सेल्सियस छ, त्यहाँ न्यूनतम तापक्रम भने २ डिग्री सेल्सियस छ।
न्यूनतम तापक्रम भने आज सबैभन्दा कम जुम्लामा १ डिग्री सेल्सियस छ।
यसैगरी आज सबैभन्दा बढी अधिकतम तापक्रम भने जनकपुरमा २८ डिग्री सेल्सियस रहेको मौसम महाशाखाको विवरणमा उल्लेख छ, त्यहाँको न्यूनतम तापक्रम भने १०.४ डिग्री सेल्सियस छ।
यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि १५.९ डिग्री सेल्सियस छ, न्यूनतम तापक्रम भने ५.८ डिग्री सेल्सियस छ।
मौसमविद्का अनुसार अधिकतम तापक्रमले दिनभरको जाडो जनाउँछ भने न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको चिसोको अवस्था बताउँछ।
सामान्यतया हरेक दिन बिहान ८:४५ बजे न्यूनतम र साँझ ५:४५ बजे अधिकतम तापक्रम मापन हुने गर्छ।
प्रतिकृया दिनुहोस