सर्वोच्च बारमा कांग्रेस–नेकपा एस प्यानलका पाेखरेल अध्यक्षमा निर्वाचिन, एमालेबाट शुन्य
काठमाडाैं । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पोखरेलले ३६८ मत ल्याएर विजयी भएका हुन् ।
सर्वाेच्च बारमा अचम्मकाे गठबन्धन बनेकाे थियाे । अध्यक्ष नेपाली कांग्रेस निकटका वकिलहरूकाे डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र नेकपा एकीकृत समाजवादीनिकट समाजवादी लयर्स एसोसिएसन (एसपीएलए) का वकिलहरूकाे प्यानलबाट विजयी भएका हुन् । अध्यक्षका उम्मेदवारहरू वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ मत पाएका थिए भने अधिवक्ता प्रेमसिंह धामीले १५ मत पाएका थिए ।
थापा भने नेकपा एमाले, माअाेवादी केन्द्र, रास्वपा, राप्रपासहितकाे प्यानलका साझा उम्मेदवार थिए ।
उपाध्यक्षमा अधिवक्ता अम्बरबहादुर राउत विजयी भएका छन् । सचिवमा अधिवक्ता रमणकुमार कर्ण विजयी हुँदा सहसचिवमा अधिवक्ता पुन्देवी महर्जन सुजना निर्वाचित भइन् ।
कोषाध्यक्षमा अधिवक्ता रामचन्द्र पौडेल निर्वाचित भएका छन् भने महिला सदस्यमा शशी बस्नेत निर्वाचित भएकी छन् ।
महिला सदस्यमा शशि बस्नेत निर्वाचित भएका छन्। अन्य विजयी सदस्यहरूमा दुर्गामोहन श्रेष्ठ, इन्द्रशेखर खड्का, प्रदीपकुमार श्रेष्ठ, नागेश्वरप्रसाद चौधरी, निर्मलप्रसाद उपाध्याय, ओमकृष्ण श्रेष्ठ, प्रमोद रेग्मी र प्रदीपकुमार राजवंशी रहेका छन्। उनीहरु सबै पोखरेल नेतृत्वको प्यानलबाटै निर्वाचित भएका हुन्।
फरक प्यानलबाट सदस्य सतीशराज मैनाली मात्र निर्वाचित भएका छन्। उनी माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी संगठन (आरपीएलए) को प्रतिनिधित्व गर्छन्।
एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) बाट पनि कोही पनि निर्वािचत हुन सकेनन्।
प्रतिकृया दिनुहोस