• २०८१ पौष २४ बुधबार
  • Wednesday, 8 January, 2025

काठमाडौंमा ७२ सालपछिको शक्तिशाली भूकम्पको धक्का

काठमाडौं । २०७२ शालमा गएको महाभूकम्पपछि आज काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ । भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने अहिलेसम्म खुलेको छैन।

काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको छ ।

बिहान ६  बजेर ५० मिनेट आसपास उक्त भुकम्पको झट्का महसुस गरिएको थियो।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको उल्लेख गरेको छ।

उसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु खुम्बु क्षेत्रमा अवस्थित लोबुचे भन्दा उत्तर पूर्वमा रहेको जनाइएको छ।

नेपालकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले भने ७ म्याग्निच्युडकाे भूकम्प गएकाे उल्लेख गरेकाे छ ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र र खनिज तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु दिङ्ग्ये काउन्टी आसपासमा रहेको थियो।

Read more at: https://samachardainik.com/news-details/147519/2025-01-07

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर