रुपन्देहीमा आज रविको थुनछेक बहस
बुटवल। रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा राख्न नपर्ने आदेश दिएको छ ।
बुधवार अदालतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राख्न नपर्ने आदेश दिएको हो ।
न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लिइएको बयान साँझ सकिएपछि भोली थुनछेक बहस हुने भएको छ ।
आदेशमा लामिछानेलाई भोलि बिहान १० बजे उपस्थित हुने गरी कानुन व्यवसायी र परिवारको जिम्मा लगाइको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीले रातोपाटीलाई बताए ।
भोली सुरुमा सरकारी वकिलको तर्फबाट बहस हुनेछ भने त्यसपछि लामिछानेको पक्षका कानुन व्यवसायीहरूले बहस गर्नेछन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा रविसहित २२ जनाविरुद्ध मुद्दा परेको थियो ।
लामिछानेविरुद्ध २ करोड व्यक्तिगत बिगो तोकिएको छ । सामूहिकतर्फ १० करोड ९९ लाख रुपैयाँको छुट्टै बिगो माग गरिएको छ ।
प्रतिकृया दिनुहोस