• २०८१ माघ १४ सोमबार
  • Monday, 27 January, 2025

अखिल क्रान्तिकारीको मतपरिणामः विजयकाे सुरुवाती अग्रता

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको आज सम्पन्न निर्वाचनको मत परिणाम सार्वजनिक हुन थालेको छ । 

अन्तिम परिणाम सार्वजनिक हुन बाँकी नै छ । तर प्रारम्भिक परिणामका क्रममा लुम्बिनी प्रदेशको मतपरिणाम सार्वजनिक भएको हाे । 

लुम्बिनीमा १६० मत गणना हुदा अध्यक्षका उम्मेदवारहरु हेमन्त राईले ४८, विजय सापकोटाले ७७ र सुदिन पौडेलले २२ मत प्राप्त गरेका छन् । १३ मत बदर भएकाे छ ।

लुम्बिनीमा जम्मा १९४ मत खसेको थियो ।  

प्रत्येक प्रदेशमा मतगणना हुनेछ । २३९८ मतदाता रहेकोको करिब ५५ देखि ६० मत खसेको अनुमान गरिएको छ । 

३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य, केन्द्रीय निकायका पदाधिकारी तथा सदस्यहरूको लागि निर्वाचन भएको हो ।

अध्यक्षका लागि मनोननयन दर्ता गरेका ६ जनामध्ये २ जनाले उम्मेदवारी फिर्ता गरेका थिए। उपदेश यादव, सुदिन पौडेल, विजयप्रकाश सापकोटा र हेमन्त राईबीच अध्यक्षका लागि प्रतिस्पर्धा गरेका हुन् ।

यसअघि योगेन्द्र बुढा र विश्वमणि थापाले उम्मेदवारी फिर्ता लिएका थिए।  

महासचिवमा उम्मेदवारी दिएका १० जनामध्ये २ जनाले उम्मेदवारी फिर्ता लिए ।  

महासचिवमा तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामकुमार मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुयाँल लडे।

क्रान्तिकारीले गत पुस १४ मा मतदान गराएर ३२ वर्षे उमेर हद लगाउनुपर्ने निर्णय गरेको थियो । 

अखिल क्रान्तिकारीमा पुस दोस्रो साता उमेर हद लगाउने/नलगाउने विषयमा प्रत्यक्ष निर्वाचन भएको थियो । करिब दुई हजार चार सय मतदाता रहेकामा १ हजार ७ सय ८९ मत खसेको थियो । मत परिणाम अनुसार उमेर हद लगाउनुपर्ने पक्षमा ९ सय र नलगाउने पक्षमा ८ सय ७९ मत खसेको थियो ।   

उमेरहद लागू भएपछि अध्यक्षको दावी गर्दै आएका दीपेश पुन, मदन भुल, इन्द्र भुसाल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, क्षितिज सापकोटा, जीपी मैनालीलगायतको ठूलो पङ्क्ति माओ‌वादीको विद्यार्थी राजनीतिबाट एकसाथ बाहिरिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर