साताको नेप्से ६५.२७ अंकले वृद्धि, पुरानै लयमा फर्किएला बजार ?

काठमाडौँ । गत साता २१।३४ अंकले गिरावट आएको सेयर बजार परिसूचक (नेप्से) यो साता उच्च अंकले वृद्धि भएको छ । हप्तामा कारोबार भएको चारै दिन नेप्से परिसूचकमा वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको दोस्रो समीक्षा ल्याउने चर्चाले सेयर बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ । पछिल्लो वृद्धिसँगै सेयर बजारले पुरानै लयमा फर्कने संकेत समेत गरेको छ ।
गत साता २१.३४ अंकले घटेर २६७८.४७ अंकको विन्दुमा झरेको नेप्से यो साता ६५.२७ अंकले वृद्धि भएर २७४३.७४ अंकमा पुगेको हो । अघिल्लो साता नेप्से ४२.०४ अंक बढेर २६९९.८१ विन्दुमा पुगेको थियो ।
पछिल्लो १५ दिनको ९ कारोबारमा नेप्से परिसूचकमा उतारचढाव देखिएको छ । १५ दिनमा ४३.९३ अंकले नेप्सेमा वृद्धि भएको देखिन्छ । पछिल्लो १५ दिनमा ९ कारोबारका दिन मध्ये ६ कारोबार दिन नेप्से बढेको छ भने ३ कारोबारको दिन घटेको छ । यो साताको चार कारोबारमा चारै दिन नेप्से परिसूचकमा वृद्धि भएको छ ।
यसरी पछिल्लो सातामा नेप्सेमा उत्साह नै देखिएको छ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १९.५६ अंकले वृद्धि भएर २६९८.०३ अंकको बिन्दुमा पुगेको थियो । अघिल्लो आइतबारको कारोबारमा ११.४९ अंकले घट्दै २६८८.२१ बिन्दु कायम भएको थियो ।
साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक १९.५६ अंकले वृद्धि भएर २ हजार ७ सय २७।९१ अंकको विन्दुमा पुगेको थियो ।
कारोबार रकममा पनि यो साता तीव्र उतारचढाव देखियो । आइतबार ८ अर्ब ३९ करोड ८६ लाख बराबर कारोबार भएको थियो । सोमबार दिन ६ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबारमा झरेको थियो भने मंगलबार ७ अर्ब २४ करोड ६२ लाख २१ हजार २६० पुगेको थियो ।
बुधवार ८ अर्ब ७२ करोडको कारोबार भएको थियो भने बिहीबार घटेर ७ अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
गत साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको थियो । अघिल्लो साता २६५७.७७ विन्दुमा बन्द भएको नेप्से, गत साता १.५८ प्रतिशत अर्थात् ४२.०४ अंक बढेर २६९९.८१ विन्दुमा पुगेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक ११.९२ अंकले बढेर २७३९.८२ अंकमा पुगेको थियो । बुधबार भने सार्वजनिक बिदाको कारण नेप्से कारोबार बन्द भएको थियो । साताको अन्तिम कारोबारको दिन पनि नेप्से सामान्य अंकले बढेर कारोबार बन्द भएको छ । । बिहीबार ३.१४ अंकले वृद्धि भएर २७४३.७४ बिन्दु कायम भएको छ ।
कारोबारमा रकममा उतारचढाव
यो साता कारोबार रकममा पनि उतारचढाव देखिएको छ । दुई दिनको कारोबारमा १०/१० अर्बको कारोबार भएको छ भने बाँकी दुई कारोबारमा ९ र ८ अर्बको कारोबार भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार कारोबारमा आएको ३०९ कम्पनीको २ करोड ९ लाख ९४ हजार कित्ता सेयर ९ अर्ब ४७ करोड ३ लाख ८ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।
सोमवार कारोबारमा आएका ३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार कित्ता सेयर १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । सोमवार नेप्सेसँगै कारोबार रकम पनि करिब १ अर्ब बढीले बढेको थियो ।
मंगलबार पनि नेप्से परिसूचक बढेसँगै कारोबार रकम समेत बढेको थियो । मंगलाबारको कारोबारमा पनि १० अर्ब ४३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
साताको अन्तिम कारोबारको दिन भनेर सामान्य अंकले वृद्धि भएको नेप्सेसँगै कारोबार रकम पनि ८ अर्ब मात्रै भएको छ । बिहीबार कारोबारमा आएका ३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ रुपैयाँको सेयर कारोबार भएको थियो ।
प्रतिकृया दिनुहोस