बालेनले ओलीलाई भने: मलाई हराउने ताकमा देशलाई चाहिँ नडुबाउनु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूलाई डुबाउने ताकमा देशलाई नडुबाउन आग्रह गरेका छन्।
'मलाई हराउने ताकमा देशलाई चाहिँ नडुबाउनु होला,' शुक्रबार (आज) साँझ बालेनले सामाजिक सञ्जालमा फेसबूकमा लेखेका छन्।
अगाडि उनले लेखेका छन्, 'प्रधानमन्त्रीज्यू, भोको पेट मारेर मलाई हराउन खोज्नु भएको छ। हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेको मन्छे।'
पछिल्लो स्थानीय तह निर्वाचनबाट फराकिलो मतान्तरसहित काठमाडौं महानगरपालिका मेयर निर्वाचित बालेन र नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री ओलीबीच त्यति समधुर सम्बन्ध छैन। बालेन मेयर निर्वाचित भएलगत्तै ओलीले तबला उपहार दिएका थिए। तर, त्यसयता उनीहरूबीच चिसिँदो सम्बन्ध छ।
प्रतिकृया दिनुहोस