• २०८१ चैत १ शुक्रबार
  • Friday, 14 March, 2025

पूर्वविशिष्टलाई थप्ने हैन, अहिले दिइएको सुविधा नै घटाउनु पर्छ: कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राज्यका पूर्वविशिष्ट पदाधिकारीहरूलाई सरकारले आजीवन सुविधा दिने गरी कानुन बनाउन लागेकोमा आक्रोस व्यक्त गरेका छन् । उनले पूर्वविशिष्टलाई अहिले दिइएको सुविधा नै घटाउन आवश्यक रहेको बताए । 

सरकारले पूर्वविशिष्टलाई कानुन संशोधन गरेर आजीवन सुविधा दिन लागेका विषयमा समाचार आएपछि शुक्रबार सामाजिक सञ्जालमार्फत् धारणा राख्दै नेता कोइरालाले यस्ता कामले व्यवस्था र दलहरूको हित नगर्ने बताए । उनले सरकारको यस्तो कदमलाई 'विनास काले विपरित बुद्धि' भनेका छन् ।

'सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोस, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तिव्र विरोध र गलत तत्वहरुले सडक तताइरहेको संवेदनशील अबस्थामा अर्को दुस्कर्मको प्रयासः पूर्व विशिष्टलाई आजिवन सुविधा, यस्ता कामले व्यवस्था र पार्टीको हित गर्दैन । सरकार, यस्ता काम अघि नबढाऊ, बरु अहिले दिइएको सुविधा पनि घटाऊ,' कोइरालाले भनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर