हुम्ला केन्द्रबिन्दु भएर ४ दशमलव ५ भूकम्प गयाे

सुर्खेत । आज (बुधबार) साँझ हुम्ला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ बजेर ४४ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।

यसअघि आजै साँझ ६ बजेर २७ मिनेटमा चीनको तिनग्री कन्ट्री आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको थियो।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्र मानिन्छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर