• २०८२ बैशाख ६ शुक्रबार
  • Friday, 18 April, 2025

च्याम्पियन्स लिगः रियल मड्रिड र वार्यन म्यूनिखले चाखे नराम्रो हार

काठमाडौं । गएराति भएका च्याम्पियन्स लिगका दुई खेलको परिणाम रोचक निस्कियो ।

त्यो यस अर्थमा कि स्पेनिस पावर हाउस, च्याम्पियन्स गिको बादशाहलाई प्रिमियर लिग क्लब आर्सनलले हैरानी खेलायो ३–० गोलले हराएर । 

अर्को जर्मन सुपरपावर वार्यन म्यूनले हार खायो इटालियन सिरिए क्लब इन्टर मिलानसँग २–१ गोलले हार खाएर । 

आर्सनलको घरेलु मैदानमा भएको खेलमा दर्शकहरुले खुब मजा लिन पाए । पहुना टोली विरुद्ध आर्सनलका लागि राइसले ५८औं तथा ७०औं मिनेटमा दुई आकर्षक फ्रिकिक गोल हाने ।

तेस्रो गोल ७५औं मिनेटमा मारिनोको नाममा रह्यो । 

रियलले केही राम्रा मुभ बनाएर पनि आर्सनलका किपरले निराश बनाइदिए । यो परिणामले च्याम्पियन्स लिग जित्न भनेर रियल गएका एम्बाप्पे लगायतका स्टार खेलाडीलाई निराश बनाएको छ । 

अर्काे साता रियलले सान्टियागाे वर्नावेउमा धमका मच्चाउन नसक्ने हाे भने यसपटक रियल च्याम्पियन्स लिगबाट हात धुनुपर्ने अवस्थामा पुग्नेछ ।

आर्सनल सन् २००८–९ को सिजनपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सकेको छैन। पहिलो लेगको नतिजाले आर्सनलले सेमिफाइनलमा स्थान बनाउने ठूलो मौका मिलेको छ।

उता इन्टर मिलनको जितमा अर्जेन्टाइन स्टार लाउटोरो मार्टिनेले गोलको खाता खोले ।

उनले खेलको ३८औं मिनेटमाटिमलाई अग्रता दिलाएका थिए । ८५औं मिनेटमा थोमस मुलरको गोलबाट वार्यनले खेल बराबरीमा टुंग्याउने प्रयास  गरेको थियो ।

तर खेलको ८८औं मिनेटमा इन्टरका लागि फ्राटेसीले गोल गर्दै घरेलु मैदान एलिनाज एरिनामा वार्यनलाई निराश बनाए । 

इन्टरविरुद्धको हारसँगै बायर्नले च्याम्पियन्स लिगमा २२ खेलको अपराजित यात्रा पनि समाप्त गरेको छ। बायर्नले सन् २०२१ देखि घरेलु मैदानमा हार भोगेको थिएन। 

क्वार्टरफाइनलको दोस्रो लेग १६ अप्रिलमा सान सिरोमा हुनेछ। यो खेलको विजेताले सेमिफाइनलमा बार्सिलोना वा बोरुसिया डर्टमन्डसँग खेल्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर