• २०८२ जेठ २ बिहीबार
  • Thursday, 15 May, 2025

बार्सिलोना र पिएसजीको सहज जित

काठमाडौं । बार्सिलोनाले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमन्डलाई ४–० ले हराएको छ।

राफिन्हाले च्याम्पियन्स लिगको एउटै सिजनमा गोलमा संलग्नतामा लियोनेल मेस्सीको क्लब कीर्तिमानसँग बराबरी गरे।

ब्राजिलियन फरवार्ड राफिन्हाले १ गोल र २ एसिस्ट गरेपछि यो सिजन प्रतियोगितामा १९ गोलमा उनको संलग्नता रहेको छ। मेसीले २०११–१२ सिजनमा १९ गोल गरे। 

युरोपियन प्रतियोगितामा यो सिजन राफिन्हाको १२औं गोल गरेपछि बार्सिलोना २५ औं मिनेटमाअग्रता बनायो। त्यसपछि रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफमा दुई गोल थपे र लामिन यामालले चौथो गोल गर्दै स्पेनिस टोलीलाई सेमिफाइनलको यात्रा बलियो बनाए।

अर्काे खेलमा पेरिस सेन्ट–जर्मेन पिएसजीले च्याम्पियन्स लिग क्वाटर फाइनलको पहिलो लेगमा एस्टन भिल्लालाई ३–१ ले हराएको छ।

पिएसजीले घरेलु मैदानमा पुनरागमन जित निकालेको हो। लगातार ७ जितको शृङ्खला लिएर पेरिस पुगेको एस्टन भिल्लाको विजयी यात्रामा पूर्ण विराम लागेको छ।

उनाई एमरीको टोलीका लागि मोर्गन रोजर्सले ३५औं मिनेटमा अप्रत्याशित रुपमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।

तर त्यो अग्रता धेरै बेर टिक्न सकेन। ३९ औं मिनेटमा डेजायर डोउले भिल्लाले बराबरी गोल फर्काए । दोस्रो हाफ सुरु भएको ४ मिनेटमा ख्विचा ख्वारात्स्खेलियाले गोल गर्दै खेललाई पूर्ण रुपमा पिएसजीको पक्षमा मोडे।

इन्ज्युरी समयमा नुनो मेंडेसले तेस्रो गोल गरेपछि टोलीको जित थप फराकिलो बन्यो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर