लखनउलाई हराउँदै चेन्नईको जित

लखनउ । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा सोमबार लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।
चेन्नईले लगातार ५ खेलको हार शृंखलाबाट पुनरागमन गरेको छ । चेन्नईको सातौं खेलमा यो दोस्रो जित हो ।
१ सय ६७ रनको लक्ष्य पछ्याएको चेन्नईका लागि शिवम दुवे र महेन्द्रसिंह धोनीले छैटौं विकेटमा ५७ रनको अविजित साझेदारी गर्दै ३ बल बाँकीमा टोलीलाई जिताए ।
दुबेले ३७ बलमा ३ चौका र २ छक्कासहित ४३ रन र धोनीले ११ बलमा ४ चौका र १ छक्कासहित २६ रन बनाए । ओपनर शेख रशिद र रचिन रवीन्द्रले चेन्नईलाई आक्रामक सुरुआत दिलाएका थिए ।
उनीहरूले अर्धशतकीय साझेदारी गरेका थिए । रशिदले १९ बलमा ६ चौकासहित २७ र रवीन्द्रले २२ बलमा ५ चौकासहित ३३ रन जोडेका थिए । लखनउका रवि विष्णोइले दुई विकेट लिए ।
त्यसअघि लखनउले ऋषभ पन्तको कप्तानी इनिङ्समा ७ विकेट गुमाई १ सय ६६ रन बनाएको थियो । उनले ४९ बलमा ४ छक्का र ४ चौका प्रहार गरी ६३ रन बनाए ।
ओपनर मिचेल मार्सले २ चौका र २ छक्कामा ३०, आयुष बदोनीले २२ र अब्दुल समदले २० रन बनाए । आयुष र अब्दुल दुवै समान दुई चौका हाने ।
ओपनर एडम मारक्रम (६) लाई लखनउले पहिलो ओभरमै गुमाएको थियो । चेन्नईबाट रवीन्द्र जडेजा र माथिशा पाथिरानाले समान २ विकेट लिएका थिए ।
प्रतिकृया दिनुहोस